बिहीबार, १३ असार २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीका जिल्ला प्रतिनिधि सर्वसम्मत टुङ्ग्याउने कसरत

बुधबार, ०५ असार २०८१, ०८ : ५६
बुधबार, ०५ असार २०८१

बारा । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को १० औ महाधिवेशनको लागि बारा जिल्ला प्रतिनिधि छनोट सर्वसम्मत रूपमा टुङ्ग्याउने तयारी भइरहेको छ । 

अगामी असार १६ गतेदेखि २० गतेसम्म हुने पार्टीको १० औ केन्द्रीय महाधिवेशनका लागि आज जिल्लामा प्रतिनिधि छनोट हुँदैछ ।

जिल्लाको ४ वटा निर्वाचन क्षेत्रबाट ३४ जना प्रतिनिधि छनोटका लागि सहमतिको प्रयास भए पनि निर्वाचन प्रक्रियामा जाने कि सहमतिबाट टुङ्ग्याउने भन्ने अन्तिम निर्णय भने नभएको जनाइएको छ । 

प्रतिनिधि छनोटका लागि निर्वाचन क्षेत्र नं १ र २ बाट ५-५ जना निर्वाचन क्षेत्र नं ३ बाट ७ जना र निर्वाचन क्षेत्र नं ४ बाट १६ जना प्रतिनिधि छनोट हुँदैछन् । साथै मजदुर क्षेत्रबाट १ छनोट हुनेछन् । 

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बारा जिल्ला इन्चार्ज  दिनेश राईले जिल्लाको ४ वटै निर्वाचन क्षेत्रमा सर्वसम्वद्ध रूपमा प्रतिनिधि छनोट गर्नेगरी छलफल भइरहेको जनाएका छन् । बाराको निर्वाचन क्षेत्र नं १, २ र ३  मा सहमति भए पनि निर्वाचन क्षेत्र नं ४ मा भने अन्तिम टुङ्गो लगाउन बाँकी रहेको जिल्ला इन्चार्ज राईले जनाएका छन् ।

प्रतिनिधि छनोटको क्रममा महिला,दलित र युवाको सहभागिता अनिवार्य गरिएको छ । जिल्लाबाट छनोट भएका प्रतिनिधिहरू अगामी पार्टीको १० औ केन्द्रीय अधिवेशनमा भाग मतदान गर्नुका साथै केन्द्रीय कार्यसमितिको लागि दाबी गर्न पाउनेछन् । 

प्रतिनिधि छनोटको लागि कम्तीमा ३ वर्ष पार्टीको सदस्य लिएको हुनुपर्ने र पार्टीमा पुरानो योगदान गर्नेलाई प्राथमिकतामा राख्ने जनाइएको छ । 

talikaa....

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप