अमेरिकी प्रतिनिधि सभाको लागि उम्मेदवारी दिएका नेपाली मूलका एड्रियन पोखरेल पराजित

अमेरिका । अमेरिकी प्रतिनिधि सभाको लागि उम्मेदवारी दिएका नेपाली मूलका पूर्व अमेरिकी सैनिक तथा विकलाङ्ग एड्रियन आशिष पोखरेल भर्जिनिया राज्यको निर्वाचन क्षेत्र १० मा पराजित भएका छन् । भर्जिनिया राज्यमा जुन १८ मा सम्पन्न भएको प्राथमिक निर्वाचनमा उनले विजय हासिल गर्न सकेनन्।
उनी उक्त क्षेत्रबाट डेमोक्राटिकको तर्फबाट अमेरिकी संसद्को लागि उम्मेदवारी दिएका थिए । यसरी अमेरिकामा सिधै अमेरिकी सङ्घीय सरकारको लागि अमेरिकी प्रतिनिधि सभाको लागि उम्मेदवार हुने पोखरेल अहिले सम्मकै तेस्रो नेपाली अमेरिकी हुन् । अमेरिकामा अहिले पनि राज्य स्तरमा दुई जना विधान सभा सदस्य अर्थात् सांसदहरू छन् ।
तर निर्वाचन क्षेत्र १० बाट भारतीय मूलका सुहास सुब्रमन्यम विजयी भएका छन् । उनी वर्तमान भर्जिनिया राज्यको ३२ औ क्षेत्रका सिनेटर हुन् । उनी त्यस भन्दा पहिले भर्जिनिया राज्यकै ८७ औ क्षेत्रका संसद् पनि थिए भने उनी पेसाले अधिवक्ता पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ
-
सामाजिक सद्भाव बिथोल्ने सामग्री सम्प्रेषण नगर्न अनुरोध
-
१० बजे १० समाचार : मधेसमा कमिसनको चक्कर, भाटभटेनी लुटपाट गर्नेहरू छुट्दै
-
गरिब, विपन्न नागरिकलाई निःशुल्क खानेपानीको सुनिश्चित गर्ने दिशामा सरकारले काम गर्यो : मन्त्री यादव
-
‘गाउँमै अस्पताल, सबै नागरिकको स्वास्थ्य बीमा’
-
चट्याङ लागेर खाजा खाँदै गरेका दुई जना घाइते