टी–२० विश्वकपमा सुपर आठका खेल आजदेखि, अमेरिकाले दक्षिण अफ्रिकाको सामना गर्दै
बुधबार, ०५ असार २०८१, ०८ : १०

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर आठका खेल आज (बुधवार)देखि सुरु हुँदै छन् । अमेरिका र वेस्टइन्डिजले आयोजना गरेको विश्वकप अन्तर्गत सुपर आठ देखि सेमिफाइनल र फाइनल खेल भने वेस्टइन्डिजमा मात्रै हुने छन् । समूह चरणका केही खेलहरू अमेरिकामा भएका थिए ।
बुधवार पहिलो सुपर आठको खेलमा दक्षिण अफ्रिका र अमेरिका आमने सामने हुने छन् । समूह चरणमा दक्षिण अफ्रिका समूह डीबाट विजेताको रूपमा रहेको थियो भने अमेरिका समूह एको उपविजेता हो । सुपर आठको खेल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि सर भिभिएन रिचार्ड्स स्टेडियममा हुने छ ।
दक्षिण अफ्रिकाले लगातार विश्वकप खेल्दै आए पनि अमेरिका भने पहिलो पटक विश्वकप खेलेको टिम हो । यी दुई बिचको खेल पहिलो पटक हुन लागेको छ । सेमिफाइनल यात्राको लय कायमै राख्नका लागि दुवै टिमलाई जित आवश्यक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरक्षणको पर्खाइमा सेकुङ ताल
-
इटालियन सिरी’एमा इन्टर मिलानको ‘सहज उपाधि यात्रा’मा धक्का
-
प्रिमियर लिगको उपाधि उचाल्न लिभरपुलले अझै कुर्नु पर्ने, आर्सनल जित्दा फेरियो माहोल
-
वानखेडेमा मुम्बईको शानदार जित, चेन्नई हेरेको हेर्यै
-
मनाङमा मोटर चलेको १५ वर्षपछि सार्वजनिक बस सेवा सञ्चालन
-
१२ बजे, १२ समाचार : राप्रपा नेता धवलशमशेरलाई हाजिर जमानीमा छाडियोदेखि रविकी पत्नी निकिताले दायर गरिन् रिटसम्म