बिहीबार, १३ असार २०८१
ताजा लोकप्रिय

उपसचिवको लिखित परीक्षाको नतिजा सार्वजनिक

बुधबार, ०५ असार २०८१, ०८ : ०२
बुधबार, ०५ असार २०८१

काठमाडौँ । लोक सेवा आयोगले उपसचिव वा सो सरहको पदका लागि भएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । लिखितमा नाम निस्किएका उम्मेदवार ले आवश्यक कागजपत्र बुझाएर अन्तरवार्तामा सहभागिता जनाउन सक्ने सूचनामा उल्लेख गरिएको छ । 

'अन्तर्वार्ताको लागि छनौट भएका उम्मेदवारहरूले पासपोर्ट साइजको फोटो २ प्रति, आवश्यक न्यूनतम योग्यता यकिन हुने सम्पूर्ण प्रमाणपत्र तथा अन्य आवश्यक कागजातहरू र दरखास्त फारामको प्रथम र तृतीय पाना २ प्रति भरी यो सूचना प्रकाशन भएको मितिले ७  दिन भित्र यस आयोगको दरखास्त व्यवस्थापन केन्द्र, अनामनगरमा उक्त प्रमाणपत्रहरुको प्रतिलिपि उम्मेदवार आफैँले प्रमाणित गरी रुजु गराउनु पर्नेछ'- सूचनामा भनिएको छ । 

आवश्यक न्यूनतम योग्यता तथा अन्य आवश्यक कागजातको प्रमाणपत्रहरू नपुऱ्याएमा जुनसुकै बखत दरखास्त रद्द हुने आयोगले जनाएको छ ।  

ss

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप