बिहीबार, १३ असार २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची

बुधबार, ०५ असार २०८१, ०६ : ३६
बुधबार, ०५ असार २०८१

काठमाडौँ । प्रतिनिधिसभा बैठक बस्दै छ । बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने भएको छ । 

कार्यसूचीमा उल्लेख भएअनुसार सांसदहरू पुष्पबहादुर शाह, अमरेशकुमार सिंह,  प्रेम सुवाल र ध्रुवबहादुर प्रधानले विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यसैगरी दोस्रो बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले बताए ।

आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय; वन तथा वातावरण मन्त्रालय; शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय; श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय; सहरी विकास मन्त्रालय; रक्षा मन्त्रालय; खानेपानी मन्त्रालय; र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमामाथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिनेछन् । 

5566

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप