बिहीबार, १३ असार २०८१
ताजा लोकप्रिय

नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदमा १७ जनाको आवेदन (सूची)

मङ्गलबार, ०४ असार २०८१, २० : ५३
मङ्गलबार, ०४ असार २०८१

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को प्रबन्ध निर्देशक पदका लागि १७ जनाको आवेदन परेको छ । लिमिटेडले गत जेठ २२ गते गोरखापत्रमा सूचना प्रकाशित गर्दै प्रबन्ध निर्देशक पदमा नियुक्तिका लागि इच्छुक नेपाली नागरिकहरूलाई दरखास्त पेस गर्न आह्वान गरेको थियो । 

सूचनाअनुसार दर्ता हुन आएकाहरूमा राजेश जोशी, अनन्त प्रकाश मल्लिक, विमल आचार्य र संगीता पहाडी रहेका छन् । त्यस्तै, प्रेमप्रसाद सिलवाल, चिन्तामणि बराल, कृष्णप्रसाद भण्डारी, अनिलकुमार झा, डा. ई. शालिग्राम पराजुली र लक्ष्मणले पनि आवेदन दर्ता गरेका छन् ।

आवेदन दिने सूचीमा ई. सुभाष साह, नगेन्द्र कुमार दास, केदारनाथ कोइराला, कमल लामिछाने, रमेशप्रसाद जोशी, ई. शालिकराम सुवेदी र बुद्धिप्रसाद आचार्य पनि रहेका छन् ।

सूचनामा प्रबन्ध निर्देशक पदका लागि  दरखास्त पेस गर्ने अन्तिम दिनसम्म ३५ वर्ष पूरा भई ५८ वर्ष उमेर ननाघेको हुनुपर्ने उल्लेख थियो । त्यस्तै मान्यता प्राप्त शिक्षण संस्थाबाट वाणिज्य, व्यवस्थापन, अर्थ शास्त्र, व्यापार प्रशासन, कानुन, सूचना प्रविधि, इलेकट्रोनिक्स इन्जिनियरिङ, टेलिकम्युनिकेसन इन्जिनियरिङ कम्प्युटर इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ वा मेकानिकल इन्जिनियरिङमध्ये कुनै विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्ने योग्यताको मापदण्ड थियो। 

त्यस्तै नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको वा सोही प्रकृतिका दूरसञ्चार सेवा प्रदायक संस्था वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका संस्था र निकायमा १२ वर्षको कार्य अनुभव र व्यवस्थापकीय पदमा काम गरेको अनुभव भएको र नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक नियुक्ति र सेवा सुविधा सम्बन्धी (पहिलो संशोधन) निर्देशिका, २०८१ बमोजिम नियुक्ति हुन अयोग्य नठहरिने हुनुपर्ने सूचनामा उल्लेख थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप