बिहीबार, १३ असार २०८१
ताजा लोकप्रिय

‘बाटो’को हिरो होइन भिलेनमा लोभिएको थिएँ : उत्पल

मङ्गलबार, ०४ असार २०८१, १९ : ४९
मङ्गलबार, ०४ असार २०८१

काठमाडौँ । अभिनेता उत्पल झा अभिनीत फिल्म ‘बाटो– रोड टु डेथ’ गत शुक्रबारदेखि प्रदर्शनमा आएको छ । फिल्लमा उनी ‘मन्जिल’ पात्रको मुख्य भूमिकामा छन् । 

रंगमञ्चको लामो अनुभवपछि फिल्ममा होमिएका झाले फिल्म अभिनयबाट राम्रो प्रतिक्रिया पाइरहेका छन् । झाको यो डेब्यु फिल्म हो । त्यसैले दर्शक प्रतिक्रिया लिन उनी अचेल हल हलमा पुगिरहेका छन् । सोही क्रममा सोमबार आइएनआइ नयाँ बानेश्वर पुगेका अभिनेता झाले पहिलो फिल्मबाट पाएको सकारात्मक प्रतिक्रियाले अगाडि बढ्न प्रेरणा मिलेको समेत सुनाए ।

‘रंगमञ्चमा व्यस्त भइरहँदा आफूलाई फिल्ममा पनि आउनुपर्छ भन्ने लागेको भएपनि यही फिल्मबाट डेब्यू होला भने कहिलै लागेको थिएन’, उनले भने, ‘वास्तवमा एकदमै राम्रो भो, म थिएटरहरुमा बिजी थिएँ, मैले फिल्म गर्नुपर्छ भन्ने थाहा थियो । तर यसरी आउँछु भन्ने थिएन ।’ झाले बाटोको रोड थ्रिलर जनरा नेपाली फिल्मका लागि नौलो भएको र प्राविधिक पाटो समेत सशक्त भएकोले फिल्मले प्रशंसा पाएको सुनाए ।

हुन त फिल्ममा सुरुमा उनी कास्टिङ डाइरेक्टरका रूपमा अनुबन्धित भएका थिए । यसक्रममा उनलाई फिल्मको प्रमुख खल चरित्रको भूमिकाले विशेष आकर्षित गरेको थियो । त्यो खलपात्रको चरित्र र भव्यताले उनी सो भूमिकामा लोभिएका थिए । तर उनले आफ्नो कास्टिङ निर्देशकको धर्म छाडेनन् र सो भूमिकामा विजय ताम्राकारलाई कास्ट गरे । पछि निर्देशक–निर्माताले एउटा भूमिका तपाईंले गर्नुपर्छ भनेपछि उनले ‘मन्जिल’को भूमिकामा आफूलाई लक गराए ।

पहिलो फिल्मबाट चर्चा पाएका उनी अहिले पुणेन्द्रु झाको निर्देशन रहने नयाँ फिल्ममा प्रमुख भूमिकामा देखिँदैछन् । नाम अहिले गोप्य राखिएको फिल्मको वर्कसप असारको दोस्रो सातादेखि सुरु हुने र त्यो सकिएपछि फ्लोरमा जाने जानकारी उनले दिए । ‘बाटो’ फिल्मकै कारण निर्देशक झाले आफूलाई विश्वास गरेको उनी बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप