शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

गाडीको ठक्करबाट बिर्तामोडमा पैदलायात्रीको मृत्यु

मङ्गलबार, ०४ असार २०८१, १९ : ३६
मङ्गलबार, ०४ असार २०८१

झापा । झापाको बिर्तामोडमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । बिर्तामोड नगरपालिका-५ मुक्ति चोकस्थित सडकमा मे.१ च ६६१३ नम्बरको गाडीको ठक्करबाट मोरङ रतुवामाई नगरपालिका-८ बस्ने ७० वर्षीया टंक माया सुबेदीको मंगलबार बिहान मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको बिएण्डसि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप