शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रपति पौडेलद्वारा जर्मनीको वर्लिन क्षेत्रको अवलोकन

मङ्गलबार, ०४ असार २०८१, १९ : ३३
मङ्गलबार, ०४ असार २०८१

जर्मनी ।  राष्ट्रपति रामचन्द्र पौडेलले जर्मनी भ्रमणको क्रममा मङ्गलबार पूर्वी वर्लिन क्षेत्रको अवलोकन भ्रमण गरेका छन् ।  

मंगलबार नै उनले वर्लिनस्थित नेपाली राजदूतावासको निरीक्षण पनि गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेलले आफ्नो भ्रमणको क्रममा गरेको मेहनतको प्रशंसा गर्दै राजदूतलगायतका कर्मचारीले नेपालमा जर्मनी लगानी भित्र्याउन मेहनत गर्नुपर्न आवश्यकता औँल्याए ।

भ्रमण दलमा प्रथम महिला सविता पौडेल, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्च अधिकारीको पनि सहभागिता छ । 

जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पौडेल शनिबार राति जर्मनी आएका थिए ।  सोमबार राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टर स्टाइनमायरबिच जर्मनीको वर्लिनमा प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता भएको थियो । 

सन् १९८६ यता राष्ट्रप्रमुखको तहमा नेपालबाट जर्मनीमा भएको राष्ट्रपति पौडेलको यो पहिलो भ्रमण भएको बताइएको छ । 

राष्ट्रपति पौडेल मंगलबार नै स्वदेश फर्कने क्रममा वर्लिनबाट कतारको दोहा प्रस्थान गर्ने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप