फेन्सिङमा मीनलाई स्वर्ण
मङ्गलबार, ०४ असार २०८१, १९ : २९
![फेन्सिङमा मीनलाई स्वर्ण](https://npcdn.ratopati.com/media/news/4_2pVioDAmHO.jpg)
काठमाडौँ । नेपाल आर्मीका मीन कार्कीले छैटौँ राष्ट्रिय फेन्सिङ प्रतियोगिताको पुरुष व्यक्तिगत इपीमा मंगलबार स्वर्ण जितेका छन् । एपीएफका जंग गिरी दोस्रो तथा बागमती प्रदेशकाद्वय टार्जन दाहाल र शुलभ सुनुवार तेस्रो भए ।
नेपाल फेन्सिङ संघको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगिताको महिला व्यक्तिगत फोइलमा बागमतीकी गोमा आचार्य पहिलो भइन् । एपीएफकी मन्दिरा थापा दोस्रो तथा आर्मीकी आशा गुरुङ र एपीएफकी अनिता अधिकारी तेस्रो बने ।
महिला टिम इपीमा एपीएफ पहिलो, गण्डकी दोस्रो तथा सुदूरपश्चिम प्रदेश र कोशी प्रदेश तेस्रो भए । प्रतियोगिता बुधबार सम्पन्न हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीपीआरको अनियमितताबारे छानबिन गर्न माग
-
युवा तथा खेलकुद मन्त्रीले सच्याए ‘श्री ५ को सरकार’ लेखिएको त्रुटि
-
सीटीईभीटीका बोर्ड सदस्यकै कलेजको कन्तबिजोक, विद्यार्थीको बिचल्ली
-
पाँच वर्ष एउटै विद्यालयमा बिताएका शिक्षकको सरुवा गरिने
-
कोशी प्रदेशसभा : विधेयक सर्वसम्मतले पारित
-
पूर्वीनाकाबाट साढे १४ अर्बको कृषिजन्य वस्तु निर्यात