कानुनमन्त्री गिरी र नेपाल भ्रमणमा रहेका चीनको सर्वोच्च जनअदालतका न्यायाधीश लिउबिच भेटवार्ता

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी र नेपाल भ्रमणमा रहेका चीनको सर्वोच्च जनअदालतको न्यायनिर्णय समितिका न्यायाधीश एवं पूर्णकालिक सदस्य लिउ गुइसियाङबिच शिष्टाचार भेटवार्ता भएको छ ।
मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री गिरी र गुइसियाङ बिच शिष्टाचार भेट भएको हो ।
भेटको अवसरमा मन्त्री गिरीले न्यायाधीश गुइसियाङको नेपाल भ्रमणप्रति खुसी व्यक्त गरे । उनले नेपाल र चीनबिच सदियौँदेखि रही आएको सौहार्द्रपूर्ण एवं घनिष्ठ सम्बन्धका बारेमा चर्चा गर्दै नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको कुरा व्यक्त गरे । साथै चीनले झन्डै सात दशकदेखि नेपालको विकास प्रयासमा पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद समेत दिए ।
नेपालले चीनसँगको सम्बन्धलाई उच्च महत्त्व दिएको र आगामी दिनमा पनि दुई देश र जनताको पारस्परिक हितका लागि कानुन तथा न्यायको क्षेत्रमा समेत पारस्परिक सहयोग अभिवृद्धि हुने विश्वास व्यक्त गर्दै मन्त्री गिरीले उनको नेपाल भ्रमणको पूर्ण सफलताको कामना गरे ।
भेटका क्रममा मित्रराष्ट्र चीनका न्यायाधिशले एक चीन नीति प्रतिको नेपालको प्रतिबद्धताको प्रशंसा गर्दै कानुन तथा न्यायको क्षेत्रमा विगत केही वर्षदेखि नेपालको न्यायपालिका र चीनको न्यायपालिका बिचको अनुभव आदानप्रदान गरिँदै आएको कार्यलाई निरन्तरता दिइने धारणा व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाजवादी मोर्चाले भोलि विरोधका कार्यक्रम घोषणा गर्ने
-
मार्च १६ मा धर्तीमा आउने भइन् सुनिता विलियम्स
-
१८ करोडमा जेम्स क्यामरुनले गोविन्दालाई अफर गरेका थिए अवतारमा ?
-
‘झिल्को’ टिजर रिलिज : मोबाइलको लतले समाजमा पारेको असर चित्रण
-
चालु खाता १६६ अर्ब, शोधनान्तर स्थिति २८४ अर्ब बचतमा
-
अनेरास्ववियुको प्रतिबद्धता पत्र : विद्यार्थीलाई २५ युनिटसम्म निःशुल्क बिजुली