शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

डीडीसीमा तालाबन्दी गर्ने किसानको चेतावनी

मङ्गलबार, ०४ असार २०८१, १७ : ५८
मङ्गलबार, ०४ असार २०८१

काठमाडौँ । दुग्ध उत्पादक किसानले दुग्ध विकास संस्थान (डीडीसी) मा तालाबन्दी गर्ने चेतावनी दिएका छन् । 

दुधको रकम करिब ७ महिनासम्मको भुक्तानी नपाएको भन्दै किसानले बुधबार काठमाडौँको लैनचौरस्थित डीडीसीमा तालाबन्दी गर्ने चेतावनी दिएका हुन् । 

दुग्ध उत्पादक किसानहरूले कालो पट्टी बाँधेर दुध संकलन केन्द्र र दुग्ध सहकारी संस्थाहरूमा दुध पुर्‍याई विरोध गरिरहेको केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड नेपालका महासचिव राम प्रसाद आचार्यले बताए । 

आचार्यले आन्दोलनमार्फत पनि रकम भुक्तानी नभए दोस्रो चरणको आन्दोलन घोषणा गर्ने तयारी समेत गरेको बताए ।

किसानले डीडीसीमार्फत करिब २ अर्ब रकम भुक्तानी नभएको बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप