शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

सङ्घीयताको औचित्य पुष्टि हुन सकेनः सभामुख पाठक

मङ्गलबार, ०४ असार २०८१, १७ : ३५
मङ्गलबार, ०४ असार २०८१

हेटौँडा । बागमती प्रदेशका सभामुख भुवन कुमार पाठकले संघीयता र प्रदेश सरकारको आवश्यकता र औचित्य पुष्टि हुन नसकेको टिप्पणी गरेका छन् । 

उनले संघीयता र प्रदेश सरकारको स्थायित्वका बारेमा औचित्य पुष्टि हुन नसक्दा निरन्तर प्रहार र प्रश्न उठ्ने गरेको बताए ।

कोशी प्रदेशका संसदीय पत्रकारहरुसँगको छलफल तथा अनुभव आदान प्रदान कार्यक्रममा बोल्दै सभामुख पाठकले संघीयता र प्रदेश सरकारको आवश्यकता तथा जिम्मेवारीका विषयमा नागरिकसम्म पु-याउनु पर्ने बताए । राज्य व्यवस्थालाई सशक्त र बलियो बनाउन प्रदेश सरकारले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्नु पर्ने उनको भनाई छ ।

‘प्रदेश सरकार र सङ्घीयताको स्थायित्व हुन नसक्दा विभिन्न कोणबाट प्रसार भएको छ । नागरिकहरूसम्म प्रदेश र सङ्घीय संरचनाको मोडलको बारेमा बुझाई पुग्न सकेको छैन,’ उनले भने, ‘नागरिकहरूसम्म प्रदेश र सङ्घीयताको सवाललाई पु-याउन कार्यक्रम चलाउनुपर्छ । प्रदेश सभाले चलाएको नमुना युवा संसद् कार्यक्रमले सङ्घीयताको स्थायित्वका लागि महत्त्वपूर्ण भूमिका खेलेको छ ।’

उनका अनुसार पछिल्लो समय युवा पुस्ताहरूमा राजनीति र राज्य संयन्त्र प्रति वितृष्णा बढ्दो छ । समाजमा नकारात्मक विषयले प्राथमिकता पाउन थालेको उनले बताए । उनले प्रदेशसभालाई जनतासँग जोड्ने गरी कार्यक्रम सञ्चालन गर्नुपर्ने सभामुख पाठकले बताए ।

प्रविधिको विकाससँगै मिडिया क्षेत्रमा चुनौती थपिएको सभामुख पाठकले बताए । प्रविधिको प्रयोगले सूचना प्रवाहलाई द्रुत बनाउनुको साथै चुनौती समेत थपेको उनले बताए । विश्वभर प्रविधिमा भएको विकासले प्रिन्ट मिडियाहरू बन्द हुने अवस्थामा पुगेको र प्रविधिको विकाससँगै एआई प्रविधिले सूचनाको प्रभावकारिता माथि नै हस्तक्षेप गरिरहेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप