आदर मल्टी इन्भेस्टमेन्ट कम्पनीले सर्वसाधारणमा शेयर जारी गर्दै
मङ्गलबार, ०४ असार २०८१, १७ : ०९

काठमाडौँ । आदर मल्टी इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले साधारण शेयर (आईपीओ) निष्कासन गर्ने निर्णय गरेको छ । आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउनका लागि कम्पनीले विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।
असार २ गते आयोजित एक कार्यक्रममा आदर मल्टी इन्भेस्टमेन्ट कम्पनीको तर्फबाट अध्यक्ष यज्ञमूर्ति न्यौपाने र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कवीन्द्र ध्वज जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
कम्पनीको जारी पुँजी रकम रु.१ अर्ब ७८ करोड ५८ लाख को ३० प्रतिशतले हुन आउने रु.५३ करोड ५७ लाख ४० हजार शेयर पुँजी बराबरको रु.१०० अङ्कित दरको ५३,५७,४०० कित्ता साधारण शेयर सर्वसाधारणहरूलाई विक्री गर्ने कम्पनीले जनाएको छ ।