शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

तेस्रो दिन पनि आईटी आर्मीको वैदेशिक रोजगार विभागमा धर्ना

मङ्गलबार, ०४ असार २०८१, १६ : ५०
मङ्गलबार, ०४ असार २०८१

काठमाडौँ । आम जनता पार्टी निकट आईटी आर्मीले वैदेशिक रोजगार विभागमा धर्ना दिने कार्यलाई जारी राखेको छ।  मंगलबार तेस्रो दिन पनि विभिन्न मागसहित आईटी आर्मीले विभागमा धर्ना दिएको हो । 

वैदेशिक रोजगारीमा जाने युवाहरूसँग बिना रसिद लिएको अवैध रकम फिर्ता गराउन दबाब दिने उद्देश्यका साथ धर्ना थालिएको  आईटी आर्मीले जनाएको छ । 

जसअनुसार विदेश जाने कामदारसँग अवैध ढङ्गले लिएको रकम फिर्ता गर्नुपर्ने, ठगीमा संलग्न म्यानपावर र एजेन्टलाई कारवाई गर्नुपर्ने, वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिनुपर्ने, बेरोजगार युवाहरूलाई स्वदेशमै रोजगारी दिनुपर्ने, विदेशमा अलपत्र परेकाहरूको उद्धार गर्नुपर्ने जस्ता मागहरू आईटी आर्मीको छ । 

 वैदेशिक रोजगार विभागमा धर्ना एवं घेराउबाट सुरु भएको आन्दोलन माग पुरा नभएसम्म जारी रहने जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप