शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

निश्चित मापदण्डका आधारमा बजेट बनाउनुपर्छः प्रमुख सचेतक परियार

मङ्गलबार, ०४ असार २०८१, १६ : ०३
मङ्गलबार, ०४ असार २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले निश्चित मापदण्डको आधारमा बजेट बनाउनुपर्ने बताएका छन् । 

मंगलबार बजेटमाथिको छलफलमा भाग लिँदै उनले विगतदेखि नै बजेट निश्चित विधि र पद्धतिमा नबनेको भन्दै यसकारण बजेटको विरोध हुने गरेको बताए । उनले बजेटको समन्यायिक वितरण हुनुपर्ने बताए । परियारले अमुक मन्त्री हाबी हुने बजेट बनाउन बन्द गर्नुपर्ने बताए । उनले सबै निर्वाचन क्षेत्रमा निश्चित न्यूनतम बजेट जाने व्यवस्था गर्नुपर्ने बताए । 

उनले भने, ‘अब बजेट एउटा विधिमा बनाऔँ । एउटा पद्धतीमा बनाऔँ । यसलाई एउटा सुत्रमा बनाऔँ । समन्यायिक विकासको कुरा हामी सबै गर्छौ । तर समन्यायिक बजेट वितरण किन हुन सक्दैन ? अमुक मन्त्री हाबी हुने बजेट बनाउन अब हामी बन्द गरौँ ।’

उनले गृह मन्त्रालयको काम सम्मान गर्न लायक र सन्तुष्ट हुने खालको रहेको बताए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप