शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

अल्का याग्निकलाई दुर्लभ न्युरो रोग, गुम्यो सुन्ने क्षमता

मङ्गलबार, ०४ असार २०८१, १५ : २३
मङ्गलबार, ०४ असार २०८१

नयाँ दिल्ली । भारतकी पाश्र्व गायिका अलका याग्निकलाई न्युरो रोग लागेको छ । यो रोगका कारण उनको सुन्ने क्षमता गुमेको छ । 

गायिकाले सामाजिक सञ्जाल एउटा पोस्ट गरेर आफूलाई लागेको रोगबारे बताएकी हुन् । पोष्टमा गायिकाले लामो समयदेखि आफू निष्क्रिय रहनुको कारण पनि खुलाएकी छिन् ।

पोष्टमा उनले आफ्ना फ्यान तथा अन्य कलाकारहरूलाई चर्को स्वर बज्ने गीत संगीतबाट टाढा रहन सुझाव दिएकी छिन् । आफू किन गायब भएको भनेर सोधिरहने फ्यान, साथी, फलोअर्स र शुभचिन्तकहरूका लागि भन्दै उनले सो पोष्ट गरेकी हुन् । 

केही हप्ता अघि हवाई यात्रा गरेर विमानबाट ओर्लिर्ने क्रममा आफूले केही सुन्न नसकेको गायिकाले महसुस गरिन् । डाक्टरलाई देखाउँदा भाइरल आक्रमणका कारण गायिकालाई दुर्लभ सेन्सरी नर्भ हियरिङको समस्या भएको देखियो ।

पोष्टको अन्त्यमा गायिकाले मानिसहरूलाई चर्को आवाज नसुन्न र हेडफोन कम प्रयोग गर्न सल्लाह दिएकी छिन् । कुनै दिन व्यावसायिक जीवनले स्वास्थ्यमा पारेको हानिबारे कुरा गर्ने पनि उनले बताएकी छिन् ।

सबैको माया र सपोर्टले पुनः आफ्नो जीवनलाई ट्र्याकमा फर्काउने आशा गरेको पनि पोष्टमा अल्काले भनेकी छिन् । गायिकाको यो पोष्टमा सोनु निगम, इला अरुण लगायत चर्चित गायक÷गायिकाहरूले कमेन्ट गरेका छन् ।

५८ वर्षीया अल्का याग्निक बलिउडकी चर्चित पाश्र्व गायिका हुन् । अल्का ४४ वर्षदेखि पाश्र्व गायनमा सक्रिय छिन् । यस अवधिमा उनले २५ भन्दा बढी भाषामा २१ हजारभन्दा बढी गीत रेकर्ड गराएकी छिन् । उनले २ वटा राष्ट्रिय अवार्ड र ७ फिल्मफेयर अवार्ड पाएकी छिन् । सन् २०२२ मा गिनिज बुक अफ वर्ल्ड रेकड्र्सले उनलाई विश्वभर सबैभन्दा धेरै स्ट्रिम गरिएको कलाकारको रूपमा मान्यता दिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप