रोष्टममै बजेट पुस्तिका च्यात्ने लिङ्देनको कदमलाई सांसद चौधरीको समर्थन
मङ्गलबार, ०४ असार २०८१, १७ : ०१
![रोष्टममै बजेट पुस्तिका च्यात्ने लिङ्देनको कदमलाई सांसद चौधरीको समर्थन](https://npcdn.ratopati.com/media/news/chanda-chaudhary_OnMusPhyqf.jpg)
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद चन्दा चौधरीले रोष्टममै बजेट पुस्तिका च्यात्ने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको कदमको समर्थन गरेकी छिन् ।
मङ्गलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद चौधरीले मन्त्रीहरूले आफ्नो निर्वाचन क्षेत्र केन्द्रित गरेर बजेट विनियोजन गरेको बताइन् । उनले मन्त्रीहरूलाई आफ्नो निर्वाचन क्षेत्रका लागि मात्रै मन्त्री बनेको हो भनी प्रश्न गरिन् ।
उनले लिङ्देनले पीडाका कारण भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुस्तिका च्यातेको भन्दै सो कामको समर्थन गर्ने बताइन् । उनले बजेट पुस्तिका च्यात्नुपर्ने खालको रहेको उल्लेख गर्दै एकजनाले च्यातेपछि सबैले च्यातेजस्तो हुने बताइन् ।
उनले भौतिक पूर्वाधार मन्त्रालयको बजेट धनुषा जिल्लामा मात्रै केन्द्रित गरिएको बताइन् । —न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनमा शान्ति स्थापना : राष्ट्रपति सीको भूमिका चाहन्छन् ट्रम्प, सघाउला त चीनले ?
-
युवा सङ्घ नेपालको महाधिवेशन वैशाखमा
-
५ रुपैयाँ जरिवाना भएकासहितका ९ जना फरार प्रतिवादी पक्राउ
-
अनुमान गरिएभन्दा छिटै सुनिता र बुचलाई पृथ्वीमा फर्काउँदैछ नासा
-
स्कटल्यान्डमा ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’ हुने
-
गुगल म्यापमा आउन थाल्यो ‘गल्फ अफ अमेरिका’