सहकारी छानबिन समितिको बैठक नयाँ बानेश्वरमा
मङ्गलबार, ०४ असार २०८१, १४ : ००

काठमाडौँ । सहकारीको रकम अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको बैठक बसिरहेको छ ।
समितिको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा जारी रहेको समितिका एक सदस्यले जानकारी दिए । ‘अहिले बैठक जारी छ’, ती सदस्यको भनाइ छ ।
सहकारीको रकम अपचलन सम्बन्धमा छानबिन गर्न एमाले सांसद सूर्य थापाको नेतृत्वमा गठित समितिले आजबाट काम थाल्ने जनाएको थियो ।
सहकारीको बचत रकम अपचलन रकम छानबिन गर्न गत जेठ १५ गते प्रतिनिधिसभा बैठकले सात सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिलाई तीन महिनाभित्र अनुसन्धान गरेर प्रतिवेदन बुझाउने समय सीमा निर्धारण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि
-
प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
आर्थिक विकासका लागि ‘डिजिटल गभर्नेन्स’ अति आवश्यक
-
टाटा नेक्सनको नयाँ भर्जन के थ्री नेपालमा, मूल्य कति ?
-
पर्सामा अनलाइन जुवा खेलाउने एक जना भारतीय पक्राउ, अदालतबाट ५ दिनको म्याद थप