बक्स अफिसमा विक्की कौशलसँग भिड्दै अल्लु अर्जुन

नयाँ दिल्ली । दक्षिण भारतका चर्चित अभिनेता अल्लु अर्जुनको बहुप्रतिक्षित फिल्म ‘पुष्पा द रुल’ लगातार चर्चामा छ । सुकुमारद्वारा निर्देशित यस फिल्ममा अल्लु अर्जुनको साथमा रश्मिका मन्डन्ना देखिनेछिन् । फिल्मलाई १५ अगस्टमा रिलिज गर्ने तयारी भइरहेको थियो । तर छायाङ्कनमा भएको ढिलाइका कारण फिल्मको रिलिज मिति पछाडि सर्यो । अब यो फिल्म डिसेम्बरमा रिलिज हुनेछ । यस फिल्मको नयाँ रिलिज मितिले विक्की कौशलको आगामी फिल्म ‘छावा’का निर्माताहरू चिन्ता बढाएको छ ।
बक्स अफिसमा अल्लु अर्जुनको ‘पुष्पा २’ बलिउड अभिनेता विक्की कौशलको आगामी फिल्म ‘छावा’सँग भिड्ने भएको छ । ‘पुष्पा द रुल’लाई लिएर दर्शकमा निकै उत्साह छ । यस्तो अवस्थामा अन्य निर्माताको निद्रा गुम्नु स्वाभाविक नै हो । पुष्पा–२ अगस्ट १५ मा रिलिज हुने भनिएपछि अजय देवगन स्टारर फिल्म ‘सिंघम अगेन’को रिलिज मिति पछाडि सारिएको थियो । अब सिंघम अगेन दीपावलीमा हलमा आउने भएको छ । ‘पुष्पा २’सँग जुध्ने देखिएपछि मेकरहरूले फिल्मको रिलिज मिति पछाडि सारेको हल्ला चलिरहेको छ ।
अब ‘पुष्पा द रुल’को रिलिज मिति ‘छावा’का निर्माताका लागि टाउको दुखाइ बनेको छ । विक्की कौशलको यो फिल्मको रिलिज मितिमा हेरफेर हुन सक्ने अड्कल पनि बढिरहेको छ । यस्तो भएन भने बक्स अफिसमा दबदबाका लागि दुई फिल्मबीच दरो लडाई हुनेछ । रोचक कुरा चाँहि के छ भने यी दुवै फिल्ममा नायिका रश्मिका मन्डन्ना छिन् । ‘छावा’ डिसेम्बर ६ मा हलमा रिलिज हुँदैछ ।
‘पुष्पा द रुल’का मेकरहरूले सोमबार फिल्मको नयाँ रिलिज मिति सार्वजनिक गरेका थिए । फिल्मलाई ६ डिसेम्बरमा हलमा रिलिज गर्ने तयारी भइरहेको छ । सोमबार साँझ अल्लु अर्जुनले पनि आफ्नो सामाजिक सञ्जाल ह्यान्डलमा ‘पुष्पा २ः द रुल’को नयाँ पोस्टर सेयर गर्दै फिल्मको नयाँ रिलिज मिति सार्वजनिक गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवन पुगेर नारायणकाजीले भने– मलाई बोल्न अवरोध गर्न खोजियो
-
क्रान्तिकारी कम्युनिस्ट पार्टीको बैठकमा ५ विषयमा छलफल: ट्रम्पको प्रशंसा, ओलीको आलोचना
-
कंगोमा जारी युद्धमा ७ हजार मारिए
-
पहिलो पत्नीको आरोपलाई उदित नारायणले भने- ‘ब्ल्याकमेलिङ’
-
७ महिनामा ५२ करोडको कोदो आयात
-
झापामा रिसाएका नारायणकाजी श्रेष्ठ चितवनमा