रघुवीर महासेठलाई प्रश्न : तपाईँ नेपालकै कि धनुषाको मन्त्री ?

काठमाडौँ । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले भौतिक योजना तथा निर्माण मन्त्री रघुवीर महासेठलाई नेपालको मन्त्री कि धनुषाको मात्र मन्त्री भनेर प्रश्न गरेका छन् ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शाहीले भने, ‘सभामुखमार्फत भौतिक मन्त्रीलाई भन्न चाहन्छु तपाई नेपालको मन्त्री हो की धनुषाको मन्त्री ?’, शाहीले प्रश्न गर्दै भने, ‘यदि संसदमा कर्णालीलाई अपमान गर्नुहुन्छ भने तपाईँहरूले आफ्नो भाषा निर्माण गर्नुस् ।’
जुम्लाको सिञ्जाबाट आएको भाषाको अपमान गरिएको भन्दै उनले धनुषाको ३ र ४ नम्बर निर्वाचन क्षेत्रमा भौतिक तथा पूर्वाधार मन्त्रालयले ८ अर्ब ४ करोड ७७ लाख बजेट विनियोजन गरेको, झापामा ६ अर्ब ७० करोड गरी १५ अर्ब ४७ करोड ४९ लाख रुपैयाँ झापा र धनुषामा मात्रै छुट्टाएको तर सिङ्गो कर्णालीका १० वटा जिल्लालाई ७ अर्ब ३६ करोड ४८ लाख १४ हजारमात्र विनियोजन गरेकोमा आपत्ति जनाए ।
उनले भौतिक मन्त्रालय अन्तर्गत १५० अर्ब ५३ करोडेको बजेट भइरहँदा झापा र धनुषाले १० प्रतिशत भन्दा बढी झापा र धनुषाले पाएको भन्दै कर्णालीले ४.८९ प्रतिशत मात्र पाएको बताए । उनले भौतिक मन्त्री नेपालको हो वा धनुषा र झापाको भन्दै कर्णालीलाई यसरी विभेद गर्न नपाइने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थाइल्यान्डबाट ल्याएको ५ केजी गाँजा विमानस्थलबाट बरामद, ३ जना पक्राउ
-
२४ वर्षपछि बारको महासचिवमा एमालेको ‘कमब्याक’, को हुन् कोइराला ?
-
थाइल्याण्डबाट ल्याएको ५ केजी गाँजा विमानस्थलबाट बरामद, ३ जना पक्राउ
-
मिडेयाद्वारा आकर्षक अफर र लक्की ड्रको घोषणा
-
१२८ वर्षपछि ओलम्पिकमा फर्किएको क्रिकेटले ६ टोलीमात्र सहभागी गराउन पाउने
-
विश्व योगासनाका पदक विजेतालाई राखेपको बधाई