शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय
कालोपट्टी बाँधेर संसद्का कर्मचारीले घेरे महासचिवको कार्यालय (फोटो फिचर)
धर्ना

कालोपट्टी बाँधेर संसद्का कर्मचारीले घेरे महासचिवको कार्यालय (फोटो फिचर)

मङ्गलबार, ०४ असार २०८१

काठमाडौँ । संघीय संसद् सचिवालयका कर्मचारीहरूले संसद्का महासचिवको कार्यकक्ष घेराउ गरेका छन् । मंगलबार नयाँ बानेश्वरस्थित महासचिव पद्म प्रसाद पाण्डेको कार्यकक्ष घेराउ गर्दै कर्मचारीलाई सेवा सुविधाको व्यवस्था गर्न माग गरेका हुन् । 

sachibalaya karmachari dharna (1)

संसद्‍मा कार्यालय समय बाहेक अतिरिक्त समयमा काम गरे बापत सेवा सुविधा, भत्ता लगायत थप गर्न माग गर्दै उनीहरूले धर्ना दिएका हुन् । बिहान १० बजेदेखि बिहान ११ बजेसम्म धर्ना दिइएको संघीय संसद् सचिवालय कर्मचारी युनियनका अध्यक्ष गोविन्दप्रसाद बेल्बासेले रातोपाटीलाई जानकारी दिए । 

sachibalaya karmachari dharna (2)

संसद्का कर्मचारीहरूले गत जेठ २९ गतेदेखि चरणबद्ध रूपमा आन्दोलन गर्दै आएका छन् । माग पूरा गर्न १ हप्ते अल्टिमेटम दिएका उनीहरूले माग पूरा नभएपछि दोस्रो चरणको आन्दोलन थालेका छन् ।

sachibalaya karmachari dharna (3)

कर्मचारीहरूले हातमा कालो पट्टी बाँधेर संसद्मा काम गरिरहेका छन् । माग पूरा नभएसम्म शान्तिपूर्ण आन्दोलन जारी रहने कर्मचारी युनियनका अध्यक्ष बेल्बासेले जानकारी दिएका छन् । प्रतिनिधि सभाको बैठक सुरु भएपछि कर्मचारीहरू धर्ना छोडेर नियमित काममा फर्किएका छन् ।

sachibalaya karmachari dharna (4)sachibalaya karmachari dharna (5)sachibalaya karmachari dharna (6)sachibalaya karmachari dharna (7)sachibalaya karmachari dharna (8)sachibalaya karmachari dharna (9)sachibalaya karmachari dharna (10)sachibalaya karmachari dharna (11)sachibalaya karmachari dharna (12)sachibalaya karmachari protest (1)sachibalaya karmachari protest (2)sachibalaya karmachari protest (3)sachibalaya karmachari protest (4)sachibalaya karmachari protest (5)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया