‘क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिभल २०२४’ गर्दै निर्देशक समाज
काठमाडौँ । चलचित्र निर्देशक समाजको प्रस्तुतिमा ‘क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिभल २०२४’ आयोजना हुने भएको छ । कोशी प्रदेश विराटनगरमा असार १८ र १९ (जुलाई २ र ३)मा हुने फेस्टिभल नेपाल चलचित्रकर्मी महासङ्घ प्रदेश १ ले आयोजना गर्न लागेको हो ।
फेस्टिभलमा विसं २०७९ र २०८० सालमा निर्माण भएका चलचित्र, छोटा चलचित्र र वृत्तचित्रले सहभागिता जनाउन सक्नेछन् । हिमाल, पर्यटन र कला संस्कृतिसँग नजिक रहेका फिल्म फेस्टिभलको विशेष प्राथमिकतामा पर्नेछ । फेस्टिभलमा सहभागिता हुन चाहने फिल्मले यही असार ११ गते (जुन २५) भित्र आवेदन दिन सक्नेछन् ।
विभिन्न राष्ट्रिय स्तरका कलाकर्मीको समेत सहभागिता रहने फेस्टिभलमा चलचित्र प्रदर्शन, चलचित्रको संवाद लगायतका विभिन्न कार्यक्रम समेत आयोजना हुने फेस्टिभलको तयारी समेत सुरु भएको निर्देशक समाजका अध्यक्ष जनदीप पराजुलीले बताए ।
‘यो फेस्टिभल यसबर्ष कोशी प्रदेश विराटनगरमा आयोजना हुने भएपनि आगामी वर्षहरूमा हामीले देशभर लैजाने योजना बनाएका छौ’, पराजुलीले भने ‘फेस्टिभलले चलचित्र संस्कृतिको विकास गर्दै चलचित्र निर्माण र प्रदर्शनमा पनि सहयोग गर्नेछ ।’ फेस्टिभल भव्य र सव्य बनाउन आफूले कुनै कसुर बाँकी नराख्ने पराजुलीको धारणा रहेको छ ।
चलचित्र विकास बोर्डको सहकार्य रहेको फेस्टिभलमा किङडम इन्टरनेशनल र डब्लुसिसिएन सहयोगी संस्थाको रूपमा जोडिएका छन् । फेस्टिभलमा सहभागीताका लागि फर्म निर्देशक समाजको कार्यालय अनामनगरबाट उपलब्ध हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले जग्गा विवाद : सोमबार पनि तोकियो पेसी तर सुनुवाइ हुने सम्भावना न्यून
-
त्रिवि सेवा आयोगद्वारा २०७३ सालमा लिएका विभिन्न पदको लिखित परीक्षाको नतिजा रद्द
-
धरहराको काखमा सार्वजनिक गरियो एनपीएल ट्रफी, तस्बिरहरू
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा रोल्पाको होलेरीमा सेवा विस्तार
-
सुनको मूल्य तोलामा झण्डै १६ हजार रुपैयाँ घट्यो
-
पाँच महिनापछि धितोपत्र बोर्डले दियो आईपीओ निष्कासन अनुमति