एप्पलले खारेज गर्यो ‘पे लेटर’ कर्जा योजना
![एप्पलले खारेज गर्यो ‘पे लेटर’ कर्जा योजना](https://npcdn.ratopati.com/media/news/b7a8e3f0-2d2a-11ef-b511-b95abae5bf80.jpg_vNmKrhkHkQ.webp)
क्यालिफोर्निया । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पल इंकले ‘अहिले किन पछि पैसा तिर’ भन्ने ईन–हाउस कर्जा योजना खारेज गरेको छ । कम्पनीले गएको वर्ष मात्रै सो कर्जा योजना लन्च गरेको थियो । अब भने कम्पनीले तेस्रो पक्षको क्रेडिट र डेबिट कार्डमार्फत कर्जा दिने कर्जादातामार्फत आफ्ना उपभोक्तालाई कर्जा उपलब्ध गराउने भएको छ ।
‘पे लेटर’का विद्यमान ऋणीहरूले एप्पलको वालेट एपबाटै भुक्तानी गर्न सक्नेछन् । एप्पलले परम्परागत वित्तीय सेवा प्रदायकहरूलाई टक्कर दिन पे लेटर अभियान सुरु गरेको थियो । अमेरिकामा एप्पल पे लेटरका प्रयोगकर्ताहरूले हजार डलरसम्मको किस्तालाई कुनै ब्याज वा शुल्क बिना ६ हप्ताको अवधिमा तिर्न सक्नेछन् ।
आफ्ना उत्पादन किन्न खोज्ने ग्राहकहरूलाई बैंक वा परम्परागत कर्जादाताहरूको भर नपरी आफैँले सजिलो र प्रभावकारी ढङ्गले कर्जा दिन एप्पलले सो योजना सुरु गरेको थियो । पे लेटरबाट ऋण दिन कम्पनीले नयाँ सहायक कम्पनी एप्पल फाइनान्सिङ नै स्थापना गरेको थियो ।
तर महँगी नियन्त्रण गर्न विश्वभर केन्द्रीय बैंकहरूले धमाधम ब्याजदर बढाउन थालेपछि यस्ता योजना प्रति प्रयोगकर्ताका रुचि घटेको थियो । किस्ता भुक्तानीको विकल्पका लागि अमेरिकालगायत केही देशमा केही ठुला स्थानीय बैंकसँग साझेदारी गरिने गएको हप्ता वार्षिक डेभलपर कार्यक्रममा एप्पलले भनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले अध्यादेश ल्याउनुको कारण जनतालाई बताउनुपर्छ : अध्यक्ष केसी
-
करिब ४० प्रतिशत किशोरीले ‘एचपिभी’ खोप लगाए
-
पाथीभरामा केबलकार बनाउने कुरा शान्तिपूर्ण संवादबाट टुंग्याउनुपर्छ : सांसद महत
-
नेपाली एकल महिलाको मुद्दा राष्ट्रसङ्घीय ‘सिड’ कमिटीमा प्रवेश
-
फोन सफा गर्न स्यानिटाइजर प्रयोग गर्नु हुन्छ ?
-
मुख्यमन्त्रीहरुसँगकाे भर्चुअल बैठकमा प्रधानमन्त्रीले भने- एक्सनमा जान्छौँ