बुधबार, १७ पुस २०८१
ताजा लोकप्रिय

राहुलले छाडेको वायनाडको लोक सभा सिटमा प्रियङ्का गान्धी उठ्ने

मङ्गलबार, ०४ असार २०८१, ११ : ०२
मङ्गलबार, ०४ असार २०८१

नयाँ दिल्ली । कंग्रेस नेता राहुल गान्धीले वायनाडको सिट छाड्ने भएका छन् । यो सिटमा राहुलकी बहिनी तथा कंग्रेस नेतृ प्रियङ्का गान्धी चुनाव लड्ने भएकी छिन् । लोकसभाको निर्वाचनमा राहुल केरलको वायनाड र उत्तर प्रदेशको रायबरेलीबाट उठेका थिए । दुबै सिटमा जितेपछि उनले नियमअनुसार एउटा सिट छाड्नु पर्ने भएको हो । 

उनले रायबरेलीको सिट राखेर वायनाड छाडेका छन् । कंग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले वायनाडबाट प्रियङ्का चुनाव लड्न लागेको जानकारी दिएका छन् ।

सोमबार कंग्रेसको शीर्ष नेताहरूको बैठकपछि प्रियङ्कालाई वायनाडको उप–निर्वाचनमा उठाउने निर्णय भएको बताइएको छ । भारतको जनप्रतिनिधित्व कानुनका अनुसार एकभन्दा बढी ठाउँमा निर्वाचन क्षेत्रबाट चुनाव जितेका नेताले चुनावी नतिजा सार्वजनिक भएको १४ दिनभित्र एक सिट साथमा राखेर अरू सबै सिट छाड्नु पर्छ । आफूले वायनाडका बासिन्दालाई राहुल गान्धीको कमी महसुस हुन नदिने प्रियंकाले बताएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप