श्रीमान्को नाममा शवदाह गृह बनाउन गरुडाकी उपमेयरद्वारा जग्गा दान

रौतहट । रौतहटको गरुडा नगरपालिकाकी उपमेयर पुनम चौधरीले आफ्नो स्वर्गीय श्रीमानको नाममा शवदाह गृह निर्माणका लागि जग्गा दान गरेकी छिन्।
गरुडा नगरपालिका ४ स्थित चाँदी खोला किनारमा स्वर्गीय मनोज चौधरीको नामबाट शवदाह गृह निर्माणको लागि उपमेयर चौधरीले २ कठा १० धुर जग्गाको जग्गा दान गरेकी हुन्। उनले जग्गाधनी प्रमाणपत्र लालपुर्जा गरुडा नगरपालिका वडा नम्बर ४ लाई हस्तान्तरण गरिन् । सो क्षेत्रमा शवदाह गृहको आवश्यकता महसुस गर्दै १० लाख बढी मूल्य पर्ने जग्गा दान गरेको चौधरीले बताइन् ।
कोरोनाको समय अल्पायुमै मृत्यु भएका मनोज कुमार चौधरीको नामबाट शवदाह गृह बनाउन गरुडा नगरपालिकाको मेयर कन्थमणि जयसवालको रोहवरमा वडा ४ का अध्यक्ष सुनिल जयसवाललाई जग्गाको लालपुर्जा हस्तान्तरण गरिएको उपमेयर चौधरीले बताएकी छिन्। स्वर्गीय चौधरी सञ्चार क्षेत्रबाट समेत आबद्ध रहेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभावको मुद्दामा २ करोड ८० लाख डलर तिर्न राजी भयो गुगल
-
सिद्धार्थ बैंकका ग्राहकहरुलाई एलकेएस डेन्टलमा १०% सम्मको छुट
-
रुसले गर्यो दुई युक्रेनी अस्पतालमा ड्रोन आक्रमण
-
मधेसका मुख्यमन्त्री सुशासन विरोधी रहेको आरोप
-
प्रधानन्यायाधीश महाभियोगको मागबारे राष्ट्रपति ट्रम्पको कडा आलोचना
-
ओली नेतृत्वको सरकार र संविधान दुवै असफल भइसकेको प्रभु साहको दाबी