ललितपुरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु
सोमबार, ०३ असार २०८१, २० : ३६

काठमाडौँ । ललितपुरको बालकुमारीमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बा ८३ प ८१७८ नम्बरको स्कुटर चालक सिन्धुली तिनपाटन घर भएका ३५ वर्षीय रमेश कुमार पाण्डे छन् ।
कोटेश्वरबाट ग्वार्को तर्फ जाँदै गरेको प्रदेश–२–०३–००१ ख ५३५७ नम्बरको ट्रकले सोही दिशामा जाँदै गरेको स्कुटरलाई ठक्कर दिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई बताए । ट्रक चालक धादिङ धुनिबेसी नगरपालिका घर भएका ४३ वर्षीय विशाल राईलाई प्रहरी वृत सातदोवाटोले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटनाको असर : बल्खु क्षेत्रमा व्यापारीले लगाए सटर
-
जय राष्ट्रवादको नारा लगाएर बल्खुमा सुरु भयो राप्रपाको खबरदारी सभा
-
मधेस भगवान् राम र लक्ष्मणले ज्ञान आर्जन गरेको ठाउँ हो : प्रधानमन्त्री ओली
-
घरजग्गा कारोबार किन शिथिल ?
-
कांग्रेसका मुख्य भ्रातृ संस्थामा ‘टीके नेतृत्व’, निर्धारित समयमा महाधिवेशन नहुने निश्चित
-
आफ्ना तीन सन्तानका लागि सम्पत्तिको १ प्रतिशत मात्रै छाड्दैछन् बिल गेट्स