इनार सफा गर्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु
सोमबार, ०३ असार २०८१, १९ : ०३

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा इनार सफा गर्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दैलेखको चामुण्डा घर भई वीरेन्द्रनगर नगरपालिका–११ पिपिरा बस्ने ३२ वर्षीय विद्यु प्रसाद रेग्मी र सोही ठाउँका ३१ वर्षीय लक्ष्मी प्रसाद कँडेल रहेका छन् ।
सोमबार पिपराका तोर्ण विकको घरको इनार सफा गर्ने क्रममा निसास्सिएर उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माका अनुसार अक्सिजनको अभाव भएपछि बेहोस भएका उनीहरूलाई प्रदेश अस्पताल कालागाउँ पुर्याइएको थियो । चिकित्सकले उनीहरूको मृत्यु भएको घोषणा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानी गजलकार गुलाम अली काठमाडौँमा गुञ्जने
-
प्यालेस्टिनी कैदीहरूको रिहाइमा इजरायलको आनाकानी, राखियो सर्त
-
बागमती प्रदेश विश्वविद्यालयको डीन नियुक्तिका लागि आवेदन आह्वान
-
नेपाल नर्सिङ परिषदद्वारा पीसीएल नर्सिङ र बीएस्सी नर्सिङ नाम दर्ता परीक्षाको नतिजा प्रकाशित
-
काभ्रेका ९५ प्रतिशत बालिकाले लगाए ‘एचपीभी’ खोप
-
१० जना प्रहरीको नाममा प्रधान कार्यालयले निकाल्यो सूचना