ऋणको आडमा बलात्कार गर्ने माली मानव बेचबिखनमा दोषी ठहर, १० वर्ष कैद

काठमाडौँ । जिल्ला अदालत ललितपुरले मिटरब्याजी सूर्जमान मालीलाई मानव बेचबिखन तथा ओसारपसार कसुरमा १० वर्ष कैद र ५० हजार जरिवाना हुनेगरी सजाय सुनाएको छ ।
ललितपुरकी एक महिलालाई पाँच लाख ऋण दिएको आडमा लगातार बलात्कार र घरजग्गा कब्जा गरेको अभियोगमा उनलाई दोषी ठहर गरेको हो ।
मालीलाई दोषी ठहर गर्दै आइतबार ललितपुर जिल्ला अदालतकी न्यायाधीश रिताकुमारी बख्रेलको एकल इजलासले यस्तो सजाय सुनाएको हो । न्यायाधीश बख्रेलको एकल इजलासले २०८१ जेठ १३ गते मालीविरुद्ध मानव बेचबिखन तथा ओसारपसार कसुरमा दोषी ठहर गरेको थियो । माली पुर्पक्षका लागि थुनामा थिए ।
मालीले पीडित महिलालाई पाँच लाख रुपैयाँ क्षतिपूर्ति भराउन समेत भनेको छ । अदालतले महिलालाई यौन शोषण गर्ने मतियार उमेश शाहीको हकमा एक महिना कैद, दुई हजार जरिवाना र पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउनुपर्ने फैसला गरेको छ ।
पीडित महिलाले मदिराको कुलतमा फसेका श्रीमानको उपचार गर्न आफन्त पर्ने मालीबाट २०७५ सालमा ५ लाख रुपैयाँ ऋण लिएकी थिइन् । सो ऋणको मासिक ब्याज ५० हजार थियो । आयआर्जन नभएकी ऋणी महिलाले ऋणसापट गरेर मासिक ५० हजार रुपैयाँका दरले दुईपटक ब्याज तिरिन् । तर उनले ऋण तिर्न नसकेपछि मालीले बलात्कार गरेको र अरुलाई पनि बलात्कार गर्न लगाउने गरेको बताइएको छ ।
उनीविरुद्ध जबरजस्ती करणीका लागि हदम्याद नभएपछि मानव बेचबिखनमा मुद्दा दायर गरिएको थियो । शारीरिक बन्धक बनाएर यौन शोषण गर्दै मानव बेचबिखन गरेको अभियोगपत्रमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभोर्सको विषय बाहिरिएपछि सुटुक्क अमेरिका उडिन् अरुणिमा
-
अर्घाखाँचीका किसानलाई मौरी वितरण
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा १४ अर्ब भ्रष्टाचार भएको संसदीय छानबिन उपसमितिको निष्कर्ष
-
छोरीको हुनेवाला श्रीमानसँग भागेकी महिला थानामा
-
काठमाडौँमा थाल ठटाउँदै अर्धनग्न प्रदर्शन (तस्बिरहरू)
-
भारी वर्षाका कारणले सडक र हवाई यातायातमा असर पर्न सक्ने