चालकको कन्चटमा बन्दुक राखेर बस हाइज्याक
वासिङ्टन डीसी । विमान अपहरणका घटनाहरू हामीले कयौँ सुनेका छौँ । कार पनि अपहरणमा परेको भनेर तपाईँले सुन्नु भएको होला । तर अमेरिकामा बस अपहरणमा परेको छ । अपहरणकारीले बस चालकको कन्चटमा बन्दुक राखेर बस अपहरण गरेका थिए । बसमा सवार एक यात्रुको बन्दुक खोसेर १७ जना यात्रु सवार बस अपहरण गरिएको थियो ।
अपहरणको सूचना पाएपछि प्रहरीहरू पनि अक्क न बक्क भएका थिए । अपहरित बसको पिछा गर्न थाले । तर ३० किलोमिटरसम्म बस दौडिएपछि निकै समयको प्रयासपछि प्रहरीले अपहरणकारीलाई नियन्त्रणमा लिन सके । सामाजिक सञ्जालमा यो भिडियो भाइरल भइरहेको छ । फिल्मी शैलीको अपहरणको यो घटना अमेरिकाको एटलान्टा सहरमा भएको हो । डाउनटाउन मल फुड कोर्टमा गोलीबारीको घटनाबारे प्रहरीले ब्रिफिङ गरिरहेकै समयमा प्रहरीको हेल्पलाइन ९११ मा फोन आयो ।
अपहरणकारीले बस अपहरण गरेर सहरको सडकमा जथाभाबी बस चलाइरहेको छ भन्ने जानकारी थियो । अपहरणकारीले चालकको कन्चटमा बन्दुक तेर्साएका थिए । प्रहरीहरू देखेर चालकले बस रोक्न खोज्दा अपहरणकारीले ब्रेक लगाउनै दिएनन् । प्रहरीले अगाडिबाट बसलाई रोक्न खोज्दा प्रहरीको गाडीमा ठोक्किएर अगाडि गयो । बसले सडकमा अन्य सवारी साधनलाई पनि ठक्कर दिएको थियो ।
सडकमा बसले आतङ्क मच्चाएको भिडियोमा देखिन्छ । करिब ३० किलोमिटरसम्म बसको पिछा गरेपछि प्रहरीले बसलाई घेरा हालेर बसमा सवार यात्रुहरूलाई मुक्त गरेका थिए । बस चालक ३९ वर्षका जोसेफ ग्रियरको रुपमा पहिचान गरिएको छ । प्रहरीले बसलाई रोक्न खोज्दा अपहरणकारीले बसमा गोली चलाए । बस रोकेपछि गोली लागेका घाइतेलाई अस्पताल लगिएको भए पनि उनलाई बचाउन सकिएन । यस क्रममा एक जना यात्रीको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्ल्डलिंक कम्युनिकेसनले पायो नयाँ लाइसेन्स
-
सेवा निवृत्त लेफ्टिनेन्ट जनरललाई ट्रम्पले बनाए युक्रेन–रुसको विशेष दूत
-
सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
बिना अपराधमा २७ वर्ष जेल बस्ने पुरुषलाई दिइयो १७ करोड ६० लाख रुपैयाँ
-
ट्रम्पको मन्त्रीपरिषदमा मनोनीत सदस्यलाई बम हान्ने धम्की
-
कांग्रेसको सयदिने अभियानः ‘सदस्यता घर–आँगन’ कार्यक्रम प्राथमिकतामा