कर्णालीको शैक्षिक विकासमा विश्वविद्यालयले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : मुख्यमन्त्री कँडेल

सुर्खेत। कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको शैक्षिक विकासमा मध्यपश्चिम विश्वविद्यालयले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। मध्यपश्चिम विश्वविद्यालयको स्थापनाको मूल मर्म समग्र कर्णाली प्रदेशको विकास र उन्नयन रहेको उनको भनाइ छ।
सोहीअनुरूप विश्वविद्यालयले आफ्नो भूमिका निर्वाह बहन गर्न सके कर्णाली प्रदेशको अवस्था परिवर्तन गर्न टेवा पुग्ने उनले विश्वास व्यक्त गरे । सोमबार विश्वविद्यालयको १४औँ स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले भने, ‘मध्यपश्चिम विश्वविद्यालय लगायत कर्णाली प्रदेशको शैक्षिक क्षेत्रमा कर्णाली प्रदेश सरकारको तर्फ बाट आवश्यक सहयोग र सहकार्यका लागि नीति तथा कार्यक्रम मार्फत सम्बोधन भएको छ।’
कँडेलले विश्वविद्यालयलाई मैनबत्ती र ऐनाको रूपमा बिम्बित गर्दै विश्वविद्यालय समाज सुधारको प्रमुख अङ्ग रहेको र सम्बन्धित सबैले सामूहिक जिम्मेवारीका साथ कर्णालीको विकासमा लाग्नुपर्नेमा जोड दिए । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा. ध्रुवकुमार गौतमले विश्वविद्यालयलाई एक उत्कृष्ट विश्वविद्यालयको रूपमा स्थापित गर्नु नै आफ्नो कार्य योजनाको मूल मर्म रहेको बताए ।
यस कार्यमा सबै सरोकारवालाको साथ सहयोग आवश्यक रहेको पनि उनले बताए। गौतमले भने, ‘कर्णाली प्रदेश र कर्णालीवासीको गौरवको रूपमा रहेको मध्यपश्चिम विश्वविद्यालय स्थानीय सरकार, प्रदेश सरकार, सङ्घीय सरकार लगायत विकास साझेदार, निजी संस्था सबैसँग सहकार्य गर्दै अगाडी बढिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू
-
‘मेजर ब्रेक थ्रु’ हुने गरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सत्ता गठबन्धन दलहरूको सुझाव
-
एसपिजि अटोमोबाइल्स, ‘इभी पायोनियर अवार्ड’ द्वारा सम्मानित
-
करोडौँ राजस्व तिरिरहेका ‘फेसबुक’लगायत सामाजिक सञ्जाल किन बन्द गर्न खोज्दै छ सरकार ?
-
हृदयेन्द्रलाई प्रधानमन्त्रीको सुझाव : कला क्षेत्रमा लागे राम्रै हुन्छ, राजा हुने सपना देखे जिन्दगी जाला
-
बिहीबारदेखि शिक्षकहरूको आन्दोलन रोक्नेगरी सहमती भयो : शिक्षा मन्त्रालय