दार्जिलिङको रेल दुघर्टनमा मर्नेको सङ्ख्या १५ पुग्यो
सोमबार, ०३ असार २०८१, १३ : ३७

दार्जलिङ । भारतको पश्चिम बंगालको दार्जिलिङमा रोकिएको रेलमा मालगाडी ठोक्किदा भएको दुर्घटनामा मर्नेको सङ्ख्या १५ पुगेको छ ।
प्रेस ट्रष्ट अफ इन्डिया (पीटीआई)का अनुसार सो घटनामा १५ जनाको मृत्यु भइसकेको छ । सो घटनामा अरू ६० जना घाइते भएको पीटीआईले बताएको छ । पीटीआईको यो आँकडा आधिकारीहरूले उपलब्ध गराएको भन्दा बढी हो ।
सिलदह जाँदै गरेको कञ्चनजंगा एक्सप्रेसको सो रेल सोमबार रोकिरहेको अवस्थामा माल बाहक रेलले ठक्कर दिएको थियो । घटनापछि उद्धार कार्य तीव्र गतिमा अगाडि बढिरहेको रेलमन्त्री अश्वनी वैष्णव र पश्चिम बंगालकी मुख्य मन्त्री ममता बनर्जीले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपाको ७६ औँ वर्षगाँठ : विशेष कार्यक्रम गर्दै एमाले
-
लामो समय विद्यालय बन्द हुँदा विद्यार्थी कुलतमा
-
कक्षा १२ को परीक्षाबारे निर्णय गर्न आज बोर्ड बैठक बस्ने
-
वडा सदस्य महतोको लोभलाग्दो मेवाखेती
-
समस्याग्रस्त सहकारीको व्यवस्थापन गर्न बनेको समिति नै समस्यामा
-
अमेरिकामा पनि भव्यताका साथ मनाइयो बिस्का जात्रा (तस्बिरहरू)