अमेरिकन एयरलाइन्सका एक यात्रुमाथि एफएएले हाल्यो मुद्दा
वाशिङटन डीसी । अमेरिकाको सङ्घीय उड्ययन प्राधिकरण (एफएए) ले अमेरिकन एयरलाइन्सकी एक महिला यात्रुमाथि मुद्दा दायर गरेको छ । सन् २०२१ मा अमेरिकाको टेक्सासबाट शार्लाेटसम्मको हवाई यात्राको क्रममा विमानमा सवार अर्को यात्रुलाई लात हानेर थुकेकोलगायत मामिलामा एफएएले महिलालाई झन्डै ८२ हजार अमेरिकी डलर जरिवाना तिर्न आदेश दिएको थियो ।
महिलाले सो जरिवाना नतिरेपछि एफएएले मुद्दा हालेको हो । महिलालाई तिराएको जरिवाना अमेरिकी इतिहासमा कुनै पनि हवाई यात्रुलाई तिराइएको अहिलेसम्मकै ठुलो जरिवाना भएको बताइएको छ । तर, अभियुक्त महिला हेदर वेल्सले जरिवाना तिर्न सकिनन् । घटनाको समयमा वेल्सले विमानमा ह्विस्की खाएर हङ्गामा गरेकी थिइन् ।
सहयात्रुमाथि हिंसात्मक व्यवहार समेत गरेकी थिइन् । अभियुक्त महिलाले सह यात्रु र विमानका चालक दललाई लात हानेर थुकेकी थिइन् भने क्याबिनको मुख्य ढोका खोल्ने प्रयास पनि गरेकी थिइन् । उपद्रो बढ्दै गएपछि क्रु मेम्बरहरूले वेल्सलाई बेहोस पारेर उनकै सिटमा डक्ट टेपले बाँधेर राखेका थिए ।
वेल्सलाई क्याबिन क्रू र फ्लाइट अटेन्डेन्टमाथि आक्रमण गरी खतरा पैदा गरेको आरोपमा ४५ हजार डलर जरिवाना लगाइएको थियो । उडानका क्रममा क्याबिनको ढोका खोल्ने प्रयास गरेकोमा २७ हजार ९५० डलर जरिवाना र चालक दलको काममा हस्तक्षेप गरेको भन्दै अर्को ९ हजार डलर जरिवाना तिर्न आदेश दिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कोनको बुढानीलकण्ठ जग्गा विवादमा जिल्ला अदालतले मगायो प्रमाण र लिखित जवाफ
-
वर्ल्डलिंक कम्युनिकेसनले पायो नयाँ लाइसेन्स
-
सेवा निवृत्त लेफ्टिनेन्ट जनरललाई ट्रम्पले बनाए युक्रेन–रुसको विशेष दूत
-
सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
बिना अपराधमा २७ वर्ष जेल बस्ने पुरुषलाई दिइयो १७ करोड ६० लाख रुपैयाँ
-
ट्रम्पको मन्त्रीपरिषदमा मनोनीत सदस्यलाई बम हान्ने धम्की