भुटानमा ५७० मेगावाटको जलविद्युत् परियोजनामा काम गर्दै गौतम अदानी
सोमबार, ०३ असार २०८१, १० : ४२

थिम्पु । भारतीय खर्बपति व्यापारी गौतम अदानीले भुटानको जलविद्युतमा लगानी गर्न लागेका छन् । आइतबार अदानी ग्रुपका मालिक गौतम अदानीले भुटानी राजा जिग्मे खेसर नामग्याल वांगचुक र प्रधानमन्त्री दाशो छिरिङ तोब्गेसँग भेटवार्ता गरेका थिए ।
सो भेटका क्रममा अदानीले ५७० मेगावाटको हरित जलविद्युत् केन्द्र बनाउने सम्झौतामा हस्ताक्षर गरेका थिए ।
जलविद्युत् केन्द्र त्यहाँको चुखा प्रान्तमा बन्नेछ । यस बाहेक अदानीले भुटानमा पूर्वाधार विकासमा सहयोग गर्ने कुरा पनि उनले गरेका छन् ।
अदानीले यसबारे एक्समा एउटा टिेवट गरेर जानकारी दिएका थिए । गएको वर्ष भुटानी राजासँगको भेटमा अदानीले त्यहाँको पूर्वाधार विकासमा योगदान दिने अवसर खोजिरहेको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी सुदूरपश्चिम संसदीय दलको विवाद मिलाउने प्रचण्डको प्रयास असफल
-
शासन गर्नका लागि कांग्रेस र एमाले मिलेको होइन : महासचिव पोखरेल
-
नेशनल प्याब्सनको आठौँ महाधिवेशनबारे तीन पूर्वअध्यक्षको आह्वान
-
बिनाधितोको ऋणमा विश्वासघातः नबिल बैंकद्वारा ऋण नतिर्ने ७४ जनाको नाम सार्वजनिक (सूचीसहित)
-
महाशिवरात्रिमा पाँच फिल्म : कुनै घोषणा, कुनै फ्लोरमा
-
‘बाहिनीपति कप–२०८१’ को उपाधि इलामलाई