बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

युक्रेन शान्ति शिखर सम्मेलनको संयुक्त वक्तव्यबाट भारतले किन राख्यो आफूलाई अलग ?

सोमबार, ०३ असार २०८१, १० : ३९
सोमबार, ०३ असार २०८१

जेनेभा । स्विट्जरल्याण्डमा आयोजित ‘समिट अन पिस इन युक्रेन’को संयुक्त वक्तव्यबाट भारतले आफूलाई अलग राखेको छ । १६ जुनमा शान्ति शिखर सम्मेलनको अन्तिम दिन भारतको प्रतिनिधित्व गर्दै परराष्ट्र मन्त्रालयका सचिव (पश्चिम) पवन कपुर सम्मेलनमा सहभागी थिए ।

दुवै पक्षले स्वीकार गरेको प्रस्तावमा मात्रै भारतले सहमति जनाउने भन्दै यो विज्ञप्तिबाट भारतलाई अलग राखिएको उनले बताएका छन् । स्वीटजरल्यान्डको बर्गेनस्टकमा दुई दिने शिखर सम्मेलन भएको थियो ।

सो सम्मेलनपछि जारी साझा वक्तव्यमा भारतसमेत सात देशले आफूलाई अलग राखेका थिए । शिखर सम्मेलनपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा युक्रेनको ‘क्षेत्रीय अखण्डता’ लाई जोगाउन आग्रह गरिएको छ । 

यो युक्रेनी शान्ति सूत्र र संयुक्त राष्ट्र सङ्घको बडापत्रका प्रस्तावहरूमा आधारित रहेको बताइएको छ । यसमा अहिलेसम्म ८० भन्दा बढी देशहरूले हस्ताक्षर गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप