जंगली च्याउ खाँदा ५ जना बिरामी
सोमबार, ०३ असार २०८१, ०९ : ३७
तनहुँ । जंगली च्याउ खाँदा तनहुँमा ५ जना बिरामी परेका छन् । आँबुखैरेनी गाउँपालिका वडा नं. ६ हिलेखर्क स्थितमा ५४ वर्षीय डिलबहादुर गुरुङले नजिकै रहेको जंगलबाट ल्याएको च्याउ खाँदा उनीहरु बिरामी परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बिरामी पर्नेमा डिलबहादुर गुरुङसहित ५७ वर्षीया मधु गुरुङ, ९२ वर्षीय रणबहादुर गुरुङ, ८५ वर्षीया द्रोणपती गुरुङ र ५८ वर्षीया पम्फी गुरुङ रहेका छन् । उनीहरूको नयाँ मेडिकल कलेज भरतपुर चितवन र आबुखैरेनी अस्पताल तनहुँमा उपचार भइरहेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक कुमार रायले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजामती सेवा विधेयक : अघिल्लो दिनको सहमतिबाट समिति किन भयो ब्याक ?
-
प्रजातन्त्र सेनानी सङ्घको मूल आयोजक समितिलगायत १५ उपसमिति गठन
-
शानदार मःम पसलमा ग्याँस विस्फोटमा परेका थप एक जनाको मृत्यु
-
जनमत पार्टीद्वारा आँखा शिविर आयोजना
-
मस्कको छोराले ट्रम्पलाई ‘तिमी राष्ट्रपति होइन, जाउ’ भनेर भनेपछि...
-
‘आउँदा जाँदा बानी परेछ’ मा मुकुन र भावनाको रोमान्स