सहकार्यको संस्कृतिलाई सबल बनाउन बकर इदको महत्त्वपूर्ण भूमिका : प्रधानमन्त्री
![सहकार्यको संस्कृतिलाई सबल बनाउन बकर इदको महत्त्वपूर्ण भूमिका : प्रधानमन्त्री](https://npcdn.ratopati.com/media/news/prachanda_lZEVDYth5j.jpg)
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको धार्मिक विविधतालाई समृद्ध तुल्याउन तथा सहिष्णुता एवं सहकार्यको संस्कृतिलाई सबलीकृत तुल्याउन बकर इद (अल–अजहा) को महत्त्वपूर्ण भूमिका रहँदै आएको बताएका छन् ।
इस्लाम धर्मावलम्बीको ठूलो पर्व बकर इद (उल–अजहा) को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त नेपाल र नेपाली समाजका लागि बकर इदलगायत पर्व कुनै समुदाय विशेषका मात्र पर्व नभएर राष्ट्रिय पर्वका रूपमा स्थापित भएका बताए।
प्रधानमन्त्री दाहालले हरेक चाडपर्वको आफ्नो ऐतिहासिक र विशिष्ट महत्त्व हुने उल्लेख गर्दै मानव जातिले जीवनवृत्तिका क्रममा प्राप्त गरेका अनुभव, शिक्षा र ज्ञानको समुच्चय प्रक्रियाबाट नै चाडपर्व विकसित र स्थापित हुँदै आएका बताए । उनले आपसी सद्भावको चाडको रूपमा मनाइने यस पर्वले सबै नेपालीबिच सामाजिक एकता र सद्भाव अभिवृद्धि गर्न योगदान पुग्ने तथा राष्ट्रिय एकता, समुन्नत एवं समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय अभियानमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री दाहालले यसपर्वले सम्पूर्ण नेपालीबिच आपसी एकता, सहिष्णुता र सद्भाव कायम गरी न्यायपूर्ण तथा समृद्ध समाज निर्माण गर्न मद्दत पुग्ने आशा गरेका छन् । उनले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिर माहुरीको मह खाँदा अस्पताल पुगे संगीतकार सुरेश अधिकारी
-
शर्माको रिट खारेज, स्वास्थ्य सचिवमा बगाले कायम
-
भारतको ऊर्जा सप्ताहमा भाग लिन ऊर्जामन्त्री नयाँदिल्ली प्रस्थान
-
जोगमेहर श्रेष्ठलाई हराउने नानीमैयाँ दाहालको निधन
-
अध्यादेशमा उपेन्द्र र सरकार मुख हेराहेरको अवस्थामा
-
अर्जुन ट्रफीको उपाधि अत्तरियाले उचाल्यो, पायो १० लाख