सुडान मिसनको नेपाली शान्ति सैनिक डफ्फा अदलीबदली
आइतबार, ०२ असार २०८१, २१ : २२

काठमाडौं । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ सुडानमा खटिएको नेपाली सेनाको एक डफ्फा अदलीबदली भएको छ ।
युनाइटेड नेसन्स इन्टेरिम सेक्युरिटी फोर्स फर अबेइ (यूएनआइएसएफए) मिसनमा तैनाथ श्री फोर्स हे.क्वा. सपोर्ट युनिट (शान्ति सेना) दोस्रो डफ्फालाई बदली गर्नको लागि तेस्रो डफ्फाका ७७ जना शान्ति सैनिकहरू त्यसतर्फ गएका छन् ।
यूएन चार्टर्ड फ्लाइटमार्फत गत शुक्रबार डफ्फा मिसन इलाकातर्फ प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ । यस्तै, उक्त मिसनमा तैनाथ श्री फोर्स सपोर्ट युनिट शान्ति सेना दोस्रो डफ्फाका ६७ जना शान्ति सैनिक आइतबार स्वदेश फिर्ता भएका छन् । हाल उक्त मिसनमा १०६ जना शान्ति सैनिकहरू कार्यरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हङकङसँग २ रनले हार्यो नेपाल
-
कुलमानको स्पष्टीकरण पत्र क्याबिनेटमा मात्रै खोलिने, ऊर्जा सचिव भन्छन्– अब हाम्रो भूमिका छैन
-
काठमाडौँका यी स्थानमा २ महिने निषेधाज्ञा
-
नागरिक उन्मुक्तिसँग एकीकरण गर्ने जनमतको निर्णय
-
प्रचण्ड र माधवले एकैसाथ भने– मुटु हल्लिएको छैन, इतिहासको रथ पछि फर्किँदैन
-
प्रधानमन्त्रीले प्रदेश सभामा छुद्र बोल्ने विपक्षीको चिन्ता, आश्वस्त बनाउँदै मुख्यमन्त्री