महोत्तरीको एकडारा गाउँपालिकाका इञ्जिनियर पाण्डेय र ओभरसियर मण्डल भ्रष्टाचारी ठहर

काठमाडौँ । विशेष अदालत काठमाडौँले महोत्तरीको एकडारा गाउँपालिकाका इञ्जिनियर सुभाष पाण्डेय र असिस्टेन्ट सबइञ्जिनियर सञ्जयकुमार मण्डललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।
आइतबार विशेष अदालतले गैरकानुनी लाभ लिएको एक मुद्दामा उनीहरूका साथै व्यवसायी राकेशकुमार रायमाथि पनि कसुर ठहर गरेको हो ।
आर्थिक वर्ष ०७९÷८० मा गाउँपालिकाको वडा नं १ अन्तरगतका स–साना सडक ढलान गर्नका लागि विनियोजित रकमबाट गुणस्तरहीन काम भएको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको थियो । अख्तियारले वैशाख १४ गते ६ जनालाई प्रतिवादी बनाउँदै विशेष अदालतमा मुद्दा दायर भएकोमा आंशिक ठहरको फैसला सुनाएको हो ।
गुणस्तर चेकजाँच नै नगरी सम्झौताबमोजिमको कार्य सम्पन्न भएको भनी गलत नापी किताब र प्रतिवेदनका आधारमा ८ लाख ६५ हजार रुपैयाँ भुक्तानी गरिएको थियो । उक्त रकमको दामासाहिले हुन आउने रकम दुई लाख ८८ हजार रुपैयाँभन्दा बढी पाण्डेय र मण्डललाई तिराउने फैसलामा उल्लेख छ। विशेषले उनीहरूलाई तीन महिना कैद सजाय हुने भनेको छ ।
अर्का प्रतिवादी तथा मनरा सिसवाका ठेक्का व्यवसायी राकेश कुमार रायमाथि पनि सजाय निर्धारण गरेको छ । उनीबाट बिगो रकम अर्थात् दुई लाख ८८ हजार रुपैयाँ असुलउपर हुने विशेषको फैसलामा उल्लेख छ ।
विशेषका न्यायाधिशहरु खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले तीन जनालाई भने सफाइ दिएको हो ।
गाउँपालिका उपाध्यक्ष महजबी खातुन र प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहले सफाइ पाएका छन् । अर्का प्रतिवादी महेन्द्र कुमार मण्डललाई पनि विशेषले सफाइ दिएको छ । उनी गाउँपालिकामा योजना शाखा प्रमुखका रूपमा कार्यरत थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूकम्पको पाँच दिनपछि एक व्यक्तिको जीवितै उद्धार
-
सामाजिक संजालको प्रयोग गरी फिरौती रकम माग गर्ने व्यक्ति पक्राउ
-
बेनीमा चक्रपथ स्तरोन्नति सुरु
-
थाइल्यान्डमा सांस्कृतिक र पर्यटन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
-
गण्डकी प्रदेश मातहतका अस्पताल स्तरोन्नति गरिँदै
-
दुई लाख बिरुवा उत्पादन गर्दै डिभिजन वन कार्यालय