ललितपुर मालपोत कार्यालयको क्यान्टिनमा आगलागी
आइतबार, ०२ असार २०८१, १८ : २६

काठमाडौँ । ललितपुर महानगरपालिका–१५ स्थित लगनखेलमा रहेको मालपोत कार्यालयको क्यान्टिनमा आगलागी भएको छ । आगलागीबाट २ वटा फ्रिज, ३ थान ग्याँस चुल्हो र ३ वटा टेबल लगायतका सामान जलेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए । क्षतिको यकिन विवरण अझै खुलेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पतालको शिलान्यास गर्दै ओलीले भने- निर्माणपछि भारतका जनतालाई समेत उपचार सुविधा दिन सकिन्छ
-
पेरुका राष्ट्रपतिको ‘रोलेक्सगेट’ काण्ड खारेज
-
जात्रामय भएको छ भक्तपुर, ९ दिने बिस्काको महिमा के छ ?
-
सामान्य प्रशासनसचिव पन्थको ह्वाट्सएप ह्याक
-
रास्वपा केन्द्रीय सदस्य ज्वाला संग्रौलाविरुद्ध दायर अवहेलनासम्बन्धी मुद्दाको सुनुवाइ सकियो
-
फाइनलमा कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य