क्रसर उद्योग नवीकरणको माग राख्दै व्यवसायी आन्दोलनमा

काठमाडौँ । क्रसर उद्योग नवीकरणको माग राख्दै क्रसर व्यवसायी सडक आन्दोलनमा उत्रिएका छन् ।
आइतबार कलंकीमा नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले सरकारले क्रसर उद्योगहरूको नवीकरण गर्ने कार्यलाई बेवास्ता गरेको भन्दै चरणबद्ध सडक आन्दोलनको घोषणा गरेका हो ।
महासंघले गत जेठ २३ गते पत्रकार सम्मेलनमार्फत सरकारलाई असार १ गतेसम्म क्रसर उद्योग नवीकरणको लागि अल्टिमेटम दिएको थियो । अल्टिमेटमा अनुसार सरकारले कुनैपनि मागको सुनुवाइ नगरेकाले सडक आन्दोलन गर्न बाध्य भएको महासंघका अध्यक्ष सीताराम न्यौपानेले बताए । उनले विगत १० वर्षदेखि क्रसर उद्योगहरू नवीकरण नहुँदा क्रसर व्यवसायबाट पलायन हुनुपर्ने अवस्थाको सिर्जना भएको भन्दै पटक–पटक सरकारसँग नवीकरण गर्न माग गर्दा समेत बेवास्ता गरेको आरोप लगाए ।
अध्यक्ष न्यौपानेले सरकारले व्यवसायीहरूको माग सम्बोधन गरेको खण्डमा विधिगत रूपमा काम गर्न तयार रहेको बताए । उनले क्रसर उद्योगीहरूको समस्यालाई सरकारले तत्काल अध्ययन गरेर हल गर्न माग गरे ।
अध्यक्ष न्यौपानेले सरकारले क्रसर उद्योगीहरूको माग तत्काल सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने बताए । उनले क्रसर नवीकरणको समस्या दीर्घकालीन समाधानको लागि समाधानका लागि वार्ता समिति बनाउन ध्यानाकर्षण गराए । उनले क्रसर उद्योग नवीकरण नहुँदा उद्योगी मात्रै नभई उद्योगमा काम गर्ने श्रमिकहरूको समेत चुलो बाल्न नसक्ने अवस्थाको सिर्जना भएको बताए ।
अध्यक्ष न्यौपानेले कानुनसम्मत रूपमा दर्ता भएका र अव्यवहारिक मापदण्डका कारण नवीकरण नभएका उद्योगले सरकारलाई तिर्नुपर्ने दस्तुर तिरेर नवीकरण गरेर सञ्चालन गर्ने निर्देशन सरकारले गर्नुपर्ने बताए । उनले कानुनको दायरामा नआएका उद्योगलाई सरकारले समय दिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौँदेखि अपमान ! २०३८ सालदेखि पटक पटक सडकमा
-
शिक्षकका यी माग पूरा गर्न सकिन्छ, यी सकिँदैन भनेर प्रस्ट पार्न सक्नुपर्छ
-
अविनाश भट्टराईको ‘झ्यालको सौन्दर्यशास्त्र’ले जित्यो प्रथम पुरस्कार
-
‘आन्दोलन गरेर जे मागे पनि पूरा हुन्छ भन्ने मनसाय विकास भयो’
-
कस्तो छ यो साताको राशिफल ?
-
५२ वर्षपछि नेतृत्वविहीन अवस्थामा वार्षिकोत्सव मनाउँदै राष्ट्र बैंक