बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

मस्कको ट्विटपछि भारतमा ईभीएमबारे चर्कियो बहस

आइतबार, ०२ असार २०८१, १६ : ५०
आइतबार, ०२ असार २०८१

नयाँ दिल्ली । भारतमा विद्युतीय भोटिङ मेशिन (ईभीएम)बारे पुनः बहस छेडिएको छ । विश्वकै सबैभन्दा धनी अमेरिकी खर्बपति व्यापारी एलन मस्कले १५ जुनमा ईभीएम खारेज गर्नुपर्छ भन्दै ट्विट गरेका थिए । मान्छे र एआईले ह्याक गर्ने खतरा भएकोले अमेरिकामा ईभीएमबाट मतदान गराउनु नहुने उनले लेखेका थिए ।

मस्कको यो ट्विटपछि भाजपाका नेता तथा पूर्व आईटी मन्त्री राजीव चन्द्रशेखर उनीसँग रुष्ट छन् । कसैले पनि सुरक्षित डिजिटल हार्डवेयर बनाउन सक्दैन भन्ने मस्कको भनाई गलत भएको चन्द्रशेखर भन्छन् । उनको अभिव्यक्ति अमेरिका र अन्यत्र लागू हुनसक्ने भए पनि भारतमा यो लागू नहुने उनले बताएका थिए ।

भारतीय ईभीएमहरू सुरक्षित रहेको र कुनै पनि नेटवर्क वा मिडियासँग नजोडिएको उनको भनाई छ । भारतमा ईभीएम मेशिन कुनै पनि कनेक्टिभिटी, ब्लुटुथ, वाइफाइ, इन्टरनेटसँग नजोडिएको अनि फेरि प्रोग्राम गर्न नसकिने कारखानाको प्रोग्राम कन्ट्रोलर जस्तै गरी  डिजाइन गरिएको भन्दै चन्द्रशेखरले भारतमा चुनावमा प्रयोग गरिने ईभीएमको बचाउ गरेका हुन् ।  

मस्कको पोस्ट रिपोस्ट गर्दै कंग्रेस राहुल गान्धीले भारतमा ईभीएम ब्ल्याक बक्स जस्तै भएको र यसको छानबिन गर्न कसैलाई अनुमति नभएको बताएका थिए । ‘हाम्रो निर्वाचन प्रक्रियाको पारदर्शीताबारे गम्भीर चिन्ता व्यक्त भइरहेको छ । जब संस्थाहरूमा जबाफदेहिताको कमी हुन्छ, लोकतन्त्र देखावटी बन्छ अनि ठगीको सम्भावना रहन्छ’ राहुलले भनेका छन् ।

मिड डेमा छापिएको एउटा समाचारसहित राहुलले मस्कको पोस्ट रिपोस्ट गरेका थिए ।  ‘टेक्नोलोजी भनेको समस्या समाधान गर्न हो,समस्याको कारण बन्यो भने यसको प्रयोग बन्द गर्नुपर्छ’ समाजवादी पार्टी (सपा)का सांसद अखिलेश यादवले भनेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप