७ इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र रद्द
आइतबार, ०२ असार २०८१, १६ : २५
![७ इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र रद्द](https://rpcdn.ratopati.com/media/albums/NTA-001_wvJB8MtMeM.jpg)
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले ७ वटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र रद्द गरेको छ । कम्पनीहरूले तोकिएको समय भित्र अनुमतिपत्र नवीकरण बापतको दस्तुर दाखिला गरी अनुमतिपत्रका लागि निवेदन पेस नगरेकाले अनुमतिपत्र रद्द गरेको हो ।
प्राधिकरणका अनुसार सेवा प्रदायकहरूको अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा (५) बमोजिम स्वतः रद्द भएको छ । अनुमतिपत्र रद्द भएपनि ती सेवा प्रदायकले नेपाल सरकार तथा प्राधिकरणमा नियमानुसार तिर्न/बुझाउन पर्ने रकम ३० दिन भित्र बुझाउनुपर्ने छ ।
प्राधिकरणले वशिष्ठ केबल, इन्फो नेट टेक्नोलोजी, सिम्पल इन्टेलिजेन्स सिस्टम एण्ड टेक्नोलोजी, एसिया नेट कम्यूनिकेश, फास्ट स्पिङ लिंक, यस नेट नेपाल, मिथिला डिजिटल नेपालको अनुमतिपत्र रद्द गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा लगानी भित्र्याउन संविधान प्रदत्त अधिकार कार्यान्वयन अनिवार्य : केसी
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
दुई दलीय स्वार्थको टकरावले मधेश कृषि विश्वविद्यालय बन्द !
-
आज हिंसात्मक अतिवाद रोकथाम दिवस मनाइँदै
-
यसरी हुँदैछ एक महिना लामो स्वस्थानी व्रतको समापन (तस्बिरहरू)
-
‘महाकुम्भबाट नेपाल पनि लाभान्वित हुनसक्छ’