सलमान खानको घरमा गोली चलेको मामिलामा नयाँ मुद्दा दर्ता
आइतबार, ०२ असार २०८१, १६ : १९

नयाँ दिल्ली । बलिउड सुपरस्टार सलमान खानको घरमा भएको गोलीकाण्डबारे नयाँ अपडेट बाहिरिएको छ । मुम्बई प्रहरीले यस विषयमा नयाँ मुद्दा दर्ता गरेको छ ।
आपराधिक धम्कीको आरोपमा प्रहरीले राजस्थानबाट एक जनालाई पक्राउ गरेको छ । अपराध शाखाका अधिकारीका अनुसार अभियुक्तको पहिचान राजस्थानको बुन्दी निवासी बनवारीलाल लातुरलाल गुजर रहेको बताइएको छ । आरोपीले सलमानलाई मार्न लागेको भन्दै भिडियो सार्वजनिक गरेका थिए ।
सलमानलाई मार्ने धम्की
२७ वर्षीय बनवारीलाल लातुरलाल गुजरले आफ्नो युट्युब च्यानलमा एउटा भिडियो अपलोड गरेका थिए । भिडियोमा उनले भनेका थिए, ‘लरेन्स बिश्नोई, गोल्डी ब्रार र अन्य गिरोहका सदस्यहरू मेरो साथमा छन् । म सलमान खानलाई मार्न गइरहेको छु किनकि उनले अहिलेसम्म माफी मागेका छैनन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिसान क्रिकेटको फाइनलमा अरनिको र ग्रिनल्याण्ड भिड्दै
-
कर्णाली प्रदेश सभा : पहिलो कार्यकालमै अघि बढाइएका विधेयकले अझै पाएनन् कानुनी रूप
-
काठमाडौँका ७ क्याम्पसमा स्ववियु निर्वाचन अवरुद्ध
-
‘न्यायपालिकाप्रतिको जनआस्थामा अभिवृद्धि गर्ने काममा सर्वोच्च अदालतको अर्जुनदृष्टि हुनुपर्छ’
-
विकास निर्माणको अनुगमन गर्न कानुन बनाउने बागमती सरकारको निर्णय
-
महिला नेतृत्व सम्मेलन २०२५ चैतको पहिलो साता