एउटै आईएमईआई नम्बरको डेढ लाख वटा फोन

ढाका । हरेक मोबाइल फोनको एउटा खास नम्बर हुन्छ । यसलाई आईएमईआई नम्बर भनिन्छ । कसैको फोन हरायो वा चोरी भयो भने यही नम्बरका आधारमा फोन खोज्ने काम गरिन्छ ।
तर बंगलादेशमा एउटै आईएमइआई नम्बर भएको डेढ लाख वटा फोन फेला परेको छ । गएको बिहीबार ढाकामा दूरसञ्चार कार्यालयमा आयोजित एक सेमिनारमा त्यहाँको मोबाइल फोन अपरेटर रोबीका प्रमुख कर्पोरेट तथा नियामक अधिकारी शाहिद आलमले यसबारे बताएका हुन् । एउटै आईएमइआई नम्बरको डेढ लाख भन्दा बढी फोन प्रयोग भइरहेको र यो सबै फोन नक्कली भएको सेमिनारमा उनले भनेका छन् ।
कम्पनीका पूर्वप्रमुख प्रविधि अधिकारी एकेएम मुर्शीदले भने नक्कली फोनको सङ्ख्या डेढ लाख भन्दा कम हुन सक्ने बताएका छन् । केही वर्ष अघिसम्म एक अपरेटरको नेटवर्कमा ८ लाख मोबाइल एउटै आईएमईआई कोडमा चलिरहेका थिए ।
के हो आईएमईआई ?
आईएमईआई १५ अंकको इन्टरनेशनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी हो । मोबाइल फोन बनाइरहँदा यो नम्बर प्रयोग गरिन्छ । कसै कसैको मोबाइलको आईएमईआई नम्बर १७ अंकको पनि हुन सक्छ । यो हातेफोनको पहिचान हो । यसका आधारमा फोन कुन कारखानामा बनेको हो र यसलाई कुन क्षेत्रमा प्रयोग गरिरहेको छ भन्ने थाहा हुन्छ ।
आईएमईआई नम्बरमा फोनको युनिक सिरियल नम्बर पनि हुन्छ । यसमा एउटा यस्तो नम्बर हुन्छ जसबाट पूरै नम्बर चिन्न सकिन्छ । फोन हरायो वा चोरी भयो भने यसलाई पत्ता लगाउन आईएमईआई नम्बर प्रयोग गरिन्छ । नयाँ फोन किन्दा आइएमईआई नम्बरको सहयोगमा मोबाइल फोन पहिले प्रयोग भएको नभएको थाहा पाउन सकिन्छ ।
फोनमा *#06# डायल गर्दा मोबाइल फोनको आइएमईआई नम्बर आउँछ । आईएमईआई डट इन्फो वेबसाइटमा गएर आफ्नो नम्बर हाल्दा फोनसँग सम्बन्धित जानकारी हेर्न पाइनेछ ।
कसरी हुन्छ आईएमईआई ठगी ?
वैध आईएमईआई नम्बर क्लोन गरेर यस्तो खालको ठगी गर्ने गरेको पाइएको छ । मोबाइल फोनमा प्रायः दुई प्रकारको क्लोनिङ गरिन्छ । एउटा सिम क्लोनिङ र अर्को आईएमईआई क्लोनिङ हो ।
आईएमईआई नम्बर नक्कल गर्न सकिन्छ । तर साधारण मान्छेहरूले सजिलैसँग यस्तो गर्न सक्दैनन् । नक्कली मोबाइल फोन बनाउनेहरुले वैध आईएमईआई नम्बर क्लोन गरेर फोनमा हाल्ने गरेका छन् । गएको केही समययता ढाकामा प्रहरीहरुले नक्कली हाते फोन बनाउने कयौँ कारखानमा छापा पनि मारेका थिए ।
सन् २०२० मा सामसङ र नोकियाको नक्कली हाते फोन बनाउने कारखानामा छापा मारिएको थियो । धेरैजसो फोनमा आईएमईआई स्पूफिङ बटन वा फिचर हुन्छन् । तर स्मार्टफोनमा यस्तो कमै हुन्छ । अन्य तरिकाले पनि आईएमईआई सङ्ख्या चोरी भएको हुन सक्ने ढाका महानगरीय प्रहरीको साइबर तथा विशेष अपराध विभागका अतिरिक्त उपयुक्त मोहम्मद जुनैद आलमले भनेका छन् । विदेशबाट अवैध रूपमा ल्याइएका वा बेनामी ब्रान्डका ह्यान्डसेटहरू पनि एउटै आईएमईआई नम्बर हालेर बनाएको हुन सक्ने ढाका विश्वविद्यालयका प्राध्यापक बीएम मोइनुल हुसैन भन्छन् ।
किन भइरहेछ आईएमईआई नम्बरमा ठगी ?
हिजोआज अपराधीहरू पत्ता लगाउन फोन ट्र्याक गर्ने क्रम बढेको छ । फोन चाहे जुनसुकै मोबाइल टावरमा जोडिएको होस् सो फोनबारे आईएमईआई अपरेटर कम्पनीले थाहा पाउँछ । तर एउटै आईएमईआई नम्बर भएका धेरै हातेफोन छ भने कुनै खास हातेफोन ट्रेस गर्न गाह्रो हुन्छ । यस्तोमा अपराधीहरूलाई लुक्छ सजिलो हुन्छ । यसैको कारण केही अपराधीहरूले यस्तो खालको हातेफोनहरू प्रयोग गर्ने गर्छन् ।
आईएमईआई ठगी हुनुको कारण आर्थिक रहेको एकेएम मुर्शिद बताउँछन् । जीएसएम एसोसिएशनले प्रत्येक आईएमईआईको लागि रोयल्टी तिर्नुपर्छ । यो रोयल्टी ठग्न निर्माताहरूले एउटै आईएमईआई नम्बरका लाखौं ह्यान्डसेटहरू उत्पादन गर्ने गरेको उनी बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रकृतिको 'परिवारप्रति नै श्रद्धाञ्जली' व्यक्त भएको शब्द सच्याउन सभामुख घिमिरेको निर्देशन
-
युक्रेन पुगे ट्रुडोसमेत कयौँ युरोपेली नेता
-
लोकप्रिय पर्यटन गन्तव्यमा ५ महिला र ३ पुरुषको हत्या
-
डेटा डिलिट नगरी आइफोनमा यसरी निकाल्नुस् स्टोरेज
-
पशुपति क्षेत्रमा पाँच दिन विशेष सरसफाई अभियान हुने
-
च्याम्पियन्स ट्रफीमा भारत–पाकिस्तान भिडन्तको रोचक क्षण