शंकर नेशनल स्कुलको प्रि–स्कुल दीक्षान्त समारोह सम्पन्न
![शंकर नेशनल स्कुलको प्रि–स्कुल दीक्षान्त समारोह सम्पन्न](https://npcdn.ratopati.com/media/news/s1_sU94fNwRxd.jpg)
नयाँ ठिमी । भक्तपुरको सूर्यबिनायक नगरपालिकास्थित शंकर नेशनल इङ्गलिस सेकेन्डरी स्कुलले प्रि–स्कुल दीक्षान्त समारोह सम्पन्न गरेको छ । शनिबार सो स्कुलले प्रि स्कुल दीक्षान्त समारोह सम्पन्न गरेको हो । दीक्षान्त समारोहमा प्रि कक्षामा अध्ययन गर्नै ८० जना विद्यार्थीहरूलाई दीक्षित गरिएको स्कुलका प्रिन्सिपल शरण चौलागाईले जानकारी दिए ।
दीक्षित विद्यार्थीहरूलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि रोमन शिलाकार, कार्यक्रमका सभापति सुरज श्रेष्ठ, कार्यक्रमका अतिथि आर्टशाला नेपालका संस्थापक अध्यक्ष सुन्दर विष्ट, गौरीशङ्कर बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवम् जुरिच मन्टेश्वरीका सञ्चालक अमृत रावत लगायतले टोपी र सर्टिफिकेट प्रदान गरेका थिए ।
समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि शिलाकारले स्कुलले नियमित रूपमा यस्ता कार्यक्रम गर्दै आएको र कार्यक्रमलाई भव्य रूपमा सफल बनाउन नेतृत्व लिने प्रिन्सिपल शरण चौलागाईलाई विशेष धन्यवाद दिए । विद्यालयले चौलागाईजस्तो सक्षम नेतृत्व पाएकोमा आफू सन्तुष्ट रहेको समेत उनले बताए । त्यस्तै विद्यालयका प्रिन्सिपल चौलागाईले दीक्षान्त समारोह र सो कार्यक्रमको औचित्यबारे प्रष्ट पारेका थिए ।
दीक्षान्त समारोहमा विद्यार्थीहरूले विभिन्न संस्कृति झल्किने किसिमका कार्यक्रमहरू प्रस्तुत गरेका थिए भने शिक्षिकाहरूले नृत्य समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा अभिभावक लगायत अन्य व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता