रैथाने कृषि उपजलाई बजारीकरण गर्न भानु नगरपालिका र रैथाने एग्रोबिच सम्झौता
_VUiIXf3Ce2.jpg)
काठमाडौँ । रैथाने तथा स्थानीय कृषि उपजलाई बजारीकरण गर्नका लागि तनहुँको भानु नगरपालिका र रैथाने एग्रो प्रोडक्टसबिच सम्झौता भएको छ । नगरपालिकामा उत्पादन हुने कालो वेसार, घैया धान, कालो भटमास लोकल सिमी, बोडी कोदो लगायतका कृषि उत्पादन र प्रवर्धनका लागि पाँच वर्षको सहकार्यको सम्झौता भएको हो ।
प्रोडक्टसले दरबारमार्ग, बुढानीलकण्ठ लगायत क्षेत्रमा रैथाने कृषि हाटबजार सञ्चालन गर्दै आएको छ । सोही क्षेत्रबाट भानु नगरपालिकाको कृषि रैथाने उत्पादनलाई बजारीकरण र प्रवर्धनमा टेवा पुर्याउने रैथाने एग्रो प्रोडक्टसका अध्यक्ष तिलक ढकालले बताए ।
उनका अनुसार हाटबजारमा कृषि उपजहरू राख्नका लागि निःशुल्क स्टलको व्यवस्था छ । नगरपालिकाका मेयर आनन्द राज त्रिपाठीले रैथाने उत्पादनमा नीतिगत रूपमा नै लाग्ने बताए । उनले नगरपालिकामा उत्पादन हुने रैथाने कृषि उत्पादनको बजारीकरणका लागि र उत्पादन वृद्धि गर्न जोड दिने बताए । हरेक शनिबार ६ बजेदेखि १२ बजेसम्म ग्राहकले बजार अवलोकन गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा सदस्य तथा राप्रपाका वरिष्ठ नेता दीपक बोहरा रहेनन्
-
बाटो नै बन्द गरेर त्रिचन्द्र कलेजमा मतदान जारी, तस्बिरहरू
-
बिग बास लिग क्लबले विराट कोहलीको तस्बिर राखेर समर्थकलाई ‘अप्रिल फूल’ बनाएपछि ...
-
प्राधिकरणमा आफूअनुकूल टिम बनाउँदै हितेन्द्र, उच्च व्यवस्थापनको सेट नै परिवर्तन
-
कुलमान र हितेन्द्रको रिट न्यायाधीशद्वय चुडाल र पाण्डेयको इजलासमा
-
सुनको मूल्य तोलामा १ लाख ८० हजार नजिक, बन्यो नयाँ कीर्तिमान