संघीयता कार्यान्वयनमा ठिक ढंगले समन्वय हुन सकेन : प्रमुख सचेतक पाण्डे

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले संघीयता कार्यान्वयनमा ठिक ढंगले समन्वय हुन नसकेको बताएका छन् । आइतबार विनियोजन विधेयक, २०८१ को विभिन्न शिर्षकहरुमाथि जारी छलफल अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालय, अर्थ मन्त्रालयमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।
उनले संघीय स्तर कार्यालय समन्वय नगरिरहेको अवाज उठ्न थालेको भन्दै समयमा नै ध्यान केन्द्रित गर्न आग्रह गरे । उनले तीन करोडभन्दा मुनिका सबै योजना कार्यान्वयनको लागि प्रदेश र स्थानीय तहलाई जिम्मा दिन आग्रह गरे । उनले कर्मचारीहरुको वृत्ति विकास, तालिम र क्षमता वृद्धिमा देखिएका समस्या हल गर्न व्यापक छलफल गरी ठोस नीति र विध तय गर्न आग्रह गरे ।
पाण्डेले भने, ‘संघीयता कार्यान्वयनका लागि समन्वय, सहजीकरण र सहयोग गरौँ । अहिले वास्तवमा संघीयता कार्यान्वयनमा ठिक ढंगले हाम्रो समन्वय भइरहेको छैन । संघीय स्तर कार्यालय समन्वय नगरिरहेको अवाज आइरहेको छ । म यसतर्फ सरकारको ध्यानाकर्षण गराउँछु ।’
प्रमुख सचेतक पाण्डेले सिंचाई प्रणालीलाई पाइपमार्फत समेत अघि बढाउन र आधुनिक प्रविधि भित्र्याउन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बारपाकमा क्यान्सरको निःशुल्क ‘स्क्रिनिङ’ शिविर
-
पुटिनले जस्तै गरी सोच्छन् ट्रम्प ?
-
पुडुचेरीका विधायकहरू अनुभव आदानप्रदानका लागि पोखरामा
-
हेटौँडा अस्पतालमा मुटु रोग सम्बन्धी सेवा विस्तार हुँदै
-
सुदूरपश्चिम प्रदेशमा बिहानैदेखि वर्षा, कस्तो रहला देशभरको मौसम ?
-
क्यानाडा, मेक्सिको र चीनमाथि आयातकर लगाउने ट्रम्पको अडानले अमेरिकी शेयर बजार ‘ध्वस्त’