नागरिक बचत पत्र र वैदेशिक रोजगार बचत पत्रको दोस्रो बजारको कारोबार सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले हेर्ने

काठमाडौँ । असार १ गतेदेखि नागरिक बचत पत्र र वैदेशिक रोजगार बचत पत्रको दोस्रो बजारको कारोबार तथा साँवा, ब्याज भुक्तानी पनि अर्थ मन्त्रालयले गर्ने भएको छ । यसअघि राष्ट्र बैंकबाटै सार्वजनिक ऋणपत्र तथा बचत पत्र जारी हुँदै आएको यसको जिम्मेवारी सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमा सारिएको थियो । सो मध्ये नागरिक बचत पत्र र वैदेशिक रोजगार बचत पत्रको दोस्रो बजारको कारोबार भने अब सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले नै हेर्ने भएको हो ।
२०८० चैत १ गतेसम्म जारी भएका नागरिक बचत पत्र र वैदेशिक रोजगार बचत पत्रको परिपक्क भएको साँवा तथा ब्याज भुक्तानी गरी सोको शोधभर्ना माग गर्न सर्तहरू पालना गर्न समेत अनुरोध गरिएको छ ।
यस्ता छन् सर्तहरू
–२०८१ जेठ ३२ सम्म परिपक्क भएको साँवा तथा ब्याज सम्बन्धित धनीलाई भुक्तानी दिई साविक बमोजिम नै नेपाल राष्ट्र बैंकसँग सोध भर्ना माग गर्ने ।
–२०८१ असार १ देखि परिपक्क भएको साँवा तथा ब्याजको भुक्तानी दिई बचत पत्रको ब्याज भुक्तानी गर्न तयार गरिएको भौचरको कार्यालय प्रति समावेश गरी सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमा सोध भर्ना माग गर्ने ।
–बचत पत्रको नामसारीको लागि कार्यालयको वेबसाइटबाट फाराम डाउनलोड गरी फाराममा उल्लेखित विवरण पेश गर्नुपर्ने ।
–नेपाल राष्ट्र बैंकमार्फत जारी भएका साविकका नागरिक बचत पत्र र वैदेशिक रोजगार बचतपत्रलाई ऋण व्यवस्थापन कार्यालयले प्रयोगमा ल्याएको डीओएमएस मा डिजिटलाइट गर्ने प्रयोजनार्थ ऋण व्यवस्थापन कार्यालयले विकास गरेको फारम कार्यालयको वेबसाइटबाट डाउनलोड गरी धनीलाई भराई शोधभर्ना गर्ने कागजातसँग पेश गर्ने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा ऐन निर्माण नगर्नु सरकारको गैरजिम्मेवारपन हो : जनमोर्चा
-
बंगलादेशद्वारा नेपालसहित भारत र भुटानबाट विभिन्न सामग्री आयातमा रोक
-
अमेरिकासँग रोममा दोस्रो चरणको आणविक वार्ता गर्दै इरान
-
इखा पुखुलाई लिच्छविकालीन अवस्थामा फिर्ता गर्दै छौँ : बालेन
-
वार्षिक नीति तर्जुमा गर्दै लुम्बिनीको सामाजिक विकास मन्त्रालय
-
टेस्लाकी ‘ह्विसलब्लोअर’ले जितिन् मस्कविरुद्धको लडाई