बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

अर्थमन्त्रीले केही व्यापारीको इन्ट्रेस्टमा बजेट बनाए : सिंह

आइतबार, ०२ असार २०८१, १२ : ४६
आइतबार, ०२ असार २०८१

काठमाडौँ । प्रतिनिधि सभाका सांसद डा. अमरेशकुमार सिंहले अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका बजेट केही व्यापारीहरूको इन्ट्रेस्टमा बनाएको आरोप लगाएका छन् । नेकपा (माओवादी केन्द्र) का ३२ जना सांसदलाई लक्षित गरेको सो बजेट अर्थमन्त्री पुनले केही व्यापारीहरूको इन्ट्रेस्टमा बनाएको उनको भनाई थियो । 

आइतबार प्रतिनिधि सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अर्थ मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै सांसद सिंहले माओवादी केन्द्र समाप्त हुने अवस्थामा रहेकाले अर्थमन्त्री पुनले सो पार्टीका जित्ने निर्वाचन क्षेत्रमा मात्रै सरकारले बजेट विनियोजन गरेको जिकिर पनि गरे । उनले बजेट जसरी विनियोजन गरे पनि मन्त्रीहरूलाई कानुन नलाग्ने छुट संविधानले नै दिएको दाबी समेत गरे ।

सांसद सिंहले भने, ‘नियम, कानुन मन्त्रीलाई लाग्दैन । उहाँले जति बजेट आफ्नो क्षेत्रमा लगे पनि, जे गरे पनि, जति घुस खाए पनि क्षम्य छ । यो बजेट केही व्यापारीले बनाएको छ अर्थमन्त्रीजीको इन्ट्रेस्टमा । यो बजेट माओवादी पार्टीको सिङ्गल ३२ जना सांसदको लागि मात्रै बनेको छ । यो २७५ जनाको यो बजेट बन्छ बन्नु दिवास्वप्न हो । किनकि माओवादी पार्टी समाप्त हुने अन्तिम सङ्घारमा छ । त्यसो भएपछि आफ्नो पार्टीले जित्न सक्ने ठाउँमा मात्रै बजेट खन्याएको छ । हामी जस्ता निर्धा सांसदलाई उहाँहरूले देख्नु हुन्न ।’

सांसद सिंहले अर्थमन्त्री पुनले बजेट विनियोजनको क्रममा निर्धा सांसदहरूलाई बेवास्ता गरेको गुनासो पनि गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप